सिमित किन पारिएको छ मेरो जीवन
लाग्छ घर एउटा अँध्यारो वन ”
घरको चार कुनामा बित्छन मेरो दिन
बाहिरको को हरेक रिस उत्रिन्छ म माथि छिन छिन i
बिबाह र आमा बनेपछि सकिन्छ मेरो जीवनको कथा
घर भित्र को अन्न्याय र अत्याचारको कसले सुन्दैन व्यथा i
छोरी जन्माए सासु ससुरोको मायामा आउछ कमि
छोरी जीवन नरहोस् सिमित भन्दा खाइन्छ गाली i
केटि हो भनि हेर्छन सबैले लाग्छन नजर
छोरी होस् त यो काम नगर i
म अगाडी बढुहो मेरो जिन्दगानी
यो सहन नसकी भन्छन खराब छ मेरो आनीबानि i
छोरी नाम सुन्दा सबैको टाउको झुकछ
छोराले गल्ति गर्दा छोराको भबिष्य कहाँ सक्छ I
म छैन त्यति कम्जोर जति सबैले सोच्छन
छोरीलाई गुलाबी र छोरा लाई निलो रंग किन खोज्छन I
सोचेको पिजडामा बस्ने चरी होइन म
पुरुषको समू नझुक्ने नारी हु म I
सीता झैँ दु:ख दिन सक्दैन रावणले
एक्लै भय एक्लै रमौछु यो सवानले I
रुखको सुखा पात म होईन जुन हावा चल्दा टुट्छ
रुखको म त्यो जरा हु जुन रुख ढलेपनी जमिनमा उब्रिछ I
समाजको डरले जीवन छाडे मैले
आफ्नो भाग्य लेख्ने कमल आफै बनाए मैले I
शुरक्षाको आशा गर्न छोडे पुरुष बाट
आफ्नो लक्ष्य पुरा गर्ने बाटो रोजे आफै बाट I
पुरुष सरह समान देउ मलाई
पुरुष भन्दा कम नसम्झ मलाई I
सोचेको पिजडा तोड़ना सक्छु म
मोका पाए पुरुष भन्दा उत्तम गर्न सक्छु म i
सोचेको माध्यमले बद्लिंछु समाज
नया सोचको आगमनले बदलिनु पर्छ पुरुष को विचारI
महिला पर्तिको सोच सधैं राख माथि
जीवनको हरेक मोडमा महिला नै हुनेछिन तिम्रो साथी
लेखक
नाम :- रजनीश कुमारी
बिरगंज