HamroNepalDainik.com
समाचार

भारत भ्रमणमा गएका पर्साका पत्रकारहरूलाई पन्जाबको मोगामा सम्मानसहित बिदाई

वीरगंज । भारत भ्रमणमा गएका नेपालका पत्रकारहरूले पन्जाबको मोगा सरहमा रहेका आधुनिक कृषि औजार बनाउने कलकारखाना र आधुनिक प्राविधिकद्वारा गरिएको कृषि खेतीको अवलोकन गरेका छन् । रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहको नेतृत्वमा भारत भ्रमण रहेका वीरगंजका १४ जना क्रियाशील पत्रकारहरूको समूहले कृषि उपकरण निर्माण गर्ने माधो एग्रो इन्डस्ट्रिज र अख्तियार एग्रो किङ्गको अवलोकन गरेका हुन ।

पत्रकारहरूको समूहले आधुनिक कृषि उपकरण र आधुनिक प्रविधिबाट गरिएको खेतीको अवलोकन गर्दै यस्ता प्रविधिहरू नेपालमा पनि भित्र्याउनु पर्ने बताए । अवलोकन भ्रमण पश्चात् माधो एग्रो इन्डस्ट्रिजका संचालक अख्तियार सिंहले अवलोकन भ्रमणमा रहेका पत्रकारहरूको समूहलाई सम्मान बिदाइ गरेका थिए । उहाँले सम्मान स्वरुप मायाको चिनो प्रदान गर्दै पत्रकारहरूलाई बिदाइ गर्दै नेपाली पत्रकारको पन्जाब भ्रमणले नेपालको कृषि आधुनिक खेतीमा विकास हुने विश्वास व्यक्त गर्नु भयो । नेपाली पत्रकारहरूले पनि उहाँलाई नेपालको झन्डा अङ्कित मायाँको चिनो प्रदान गरी धन्यावाद दिएका थिए ।

साउन २५ गते भारतको पन्जाब, जम्मु काश्मीर, उत्तराखण्ड र दिल्लीको अवलोकन भ्रमणमा पत्रकार ध्रुव साह, बृजलाल पासवान, मनोज पटेल, नरेश सरार्फ, शम्भु कुमार सुमन, अजय चौरसिया, हरिशंकर शर्मा, अमित साह, सन्तोष साह, रन्जित चौरसिया, विनोद पटेल लगायत सहभागी छन् ।

Related posts

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्लाको सह-सचिव पवन प्रसाद साह

hamronepaldainik

समाजवादी प्रेस संगठन नेपाल, पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न

hamronepaldainik

सडक छेउमा पर्ने संरचना हटाउँदै बिन्दबासिनी गाउँपालिका

hamronepaldainik
HamroNepalDainik