HamroNepalDainik.com
समाचार

भारत भ्रमणमा गएका पर्साका पत्रकारहरूलाई पन्जाबको मोगामा सम्मानसहित बिदाई

वीरगंज । भारत भ्रमणमा गएका नेपालका पत्रकारहरूले पन्जाबको मोगा सरहमा रहेका आधुनिक कृषि औजार बनाउने कलकारखाना र आधुनिक प्राविधिकद्वारा गरिएको कृषि खेतीको अवलोकन गरेका छन् । रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहको नेतृत्वमा भारत भ्रमण रहेका वीरगंजका १४ जना क्रियाशील पत्रकारहरूको समूहले कृषि उपकरण निर्माण गर्ने माधो एग्रो इन्डस्ट्रिज र अख्तियार एग्रो किङ्गको अवलोकन गरेका हुन ।

पत्रकारहरूको समूहले आधुनिक कृषि उपकरण र आधुनिक प्रविधिबाट गरिएको खेतीको अवलोकन गर्दै यस्ता प्रविधिहरू नेपालमा पनि भित्र्याउनु पर्ने बताए । अवलोकन भ्रमण पश्चात् माधो एग्रो इन्डस्ट्रिजका संचालक अख्तियार सिंहले अवलोकन भ्रमणमा रहेका पत्रकारहरूको समूहलाई सम्मान बिदाइ गरेका थिए । उहाँले सम्मान स्वरुप मायाको चिनो प्रदान गर्दै पत्रकारहरूलाई बिदाइ गर्दै नेपाली पत्रकारको पन्जाब भ्रमणले नेपालको कृषि आधुनिक खेतीमा विकास हुने विश्वास व्यक्त गर्नु भयो । नेपाली पत्रकारहरूले पनि उहाँलाई नेपालको झन्डा अङ्कित मायाँको चिनो प्रदान गरी धन्यावाद दिएका थिए ।

साउन २५ गते भारतको पन्जाब, जम्मु काश्मीर, उत्तराखण्ड र दिल्लीको अवलोकन भ्रमणमा पत्रकार ध्रुव साह, बृजलाल पासवान, मनोज पटेल, नरेश सरार्फ, शम्भु कुमार सुमन, अजय चौरसिया, हरिशंकर शर्मा, अमित साह, सन्तोष साह, रन्जित चौरसिया, विनोद पटेल लगायत सहभागी छन् ।

Related posts

आशीर्वाद वचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभा सम्पन्न

hamronepaldainik

बिरगंज महानगरपालिका वडा नं.१९ को अध्यक्ष पदका उमेदवार तिवारी लोकप्रिय बन्दै

hamronepaldainik

मध्यतराईको पहिलो रेडियो, रेडियो वीरगन्जले १९ औँ वार्षिकोत्सव मंसिर १८ रक्तदान र २५ गते सांस्कृतिक कार्यक्रम गरी मनाउँने

hamronepaldainik
HamroNepalDainik