HamroNepalDainik.com
समाचार

राष्ट्रिय परीक्षा बोर्डले भन्यो- कक्षा १२ को परीक्षा स्थगित भएको छैन

१८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगितको कुनै निर्णय नभएको भन्दै भ्रममा नपर्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म परीक्षा स्थगित गर्ने निर्णय भएको छैन । विद्यार्थी अन्योलमा नपर्न अनुरोध गर्न चाहन्छु ।’

कक्षा १२ को परीक्षा हुन अझै दुई हप्ता बाँकी रहेकाले परीक्षाबारे अहिले नै निर्णय गर्न नसकिने उनले बताए । ‘अझै परीक्षा हुन दुई हप्ता बाँकी छ । यो हप्ता हामी परिस्थिति हेर्छौं । त्यसपछि थप छलफल गरेर निर्णय लिन्छौं,’ सदस्य सचिव अर्यालले भने, ‘विद्यार्थी अन्योलमा नपरी परीक्षाको तयारीमा जुट्न आग्रह गर्न चाहन्छु ।’

अहिले सञ्चालन भइरहेको परीक्षा नियमित हुने र तयारी भइरहेका बाँकी परीक्षाहरु पनि तोकिएको समयमा नै हुने उनको भनाइ छ ।

सोमबार दिउँसो पत्रकारसँगको छलफलका क्रममा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड-१९ तेस्रो लहरको संक्रमण बढ्दै गए शिक्षा मन्त्रालयसँग परामर्श गरी आन्तरिक मूल्यांकन गर्न सकिने बताएपछि परीक्षाबारे विद्यार्थीमा भ्रम पर्न गएको हो ।

Related posts

पर्सामा ट्राफिक सप्ताह २०८२ अन्तर्गत सडक सुरक्षा सचेतनामूलक कार्यक्रमहरू जारी

hamronepaldainik

मधानी महोत्सवमा विशेष सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न

hamronepaldainik

वीउवासंघको ४७ औं वार्षिक साधरणसभा सम्पन्न

hamronepaldainik
HamroNepalDainik