HamroNepalDainik.com
समाचारस्थानिय

बिरगंज -१९ बर्वा-गोगमा वृक्षारोपण कार्यक्रम सम्पन्न

वीरगंज ।
वीरगंज महानगरपालिका वडा नं. १९ वडा कार्यालयको सहकार्यमा बर्वा-गोगमा आईतबार वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

वाडा अध्यक्ष मुकेश चौरसियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस महासमिति सदस्य एंम मधेस प्रदेश सदस्य अर्चना चौधरीले आफु बाँच्न र अरुलाई बचाउनको लागि हरेक मानिसले कुनै न कुनै बोट विरुवा रोपण आवश्यक रहेको बताईन । मानव जिवनका लागी अति नै आवश्यक पर्ने अक्सिजनको खानिको रुपमा रहेको बोट विरुवाहरुलाई रोपेर मात्र नहुने बताउदै रोपिएको बिरुवाहरुलाई संरक्षण गर्न नियमित रेखदेख गरि हुर्काउन सके मात्रै वृक्षारोपणले सार्थकता पाउने बताएकि छिन् ।

रोपिएको विरुवालाई यस वडाका सम्पूर्ण जनता र वडा कार्यालय मिलेर संरक्षण गर्ने प्रतिबद्धता समेत जनाएका थिईन ।
बिन्दवासिनी स्वास्थ्य चौकी अगाडी मन्दिरको प्राङ्गणबाट सुरु गरिएको वृक्षारोपण अन्य स्थान र बाटोको छेउमा पनि वृक्षारोपण गर्दै जाने वाडा नं. १९ का वाडा अध्यक्ष चौरसियाले बताए । सो अवसरमा विभिन्न प्रजातिका करिब २९ वटा विरुवा रोपिएको वाडा अध्यक्ष चौरसियाले बताए ।
सो अवसरमा नेपाली काँग्रेस वाडा नं. १९ का सभापति बिन्देश्वर चौरसिया, जनता समाजवादी पार्टी पर्सा क्षेत्र नम्बर २ का सचीव अमित यादव, वडा नं. १९ का वडा सदस्यहरु बिनोद चौरसिया,उपेन्द्र यादव,भुलन यादव, समाज सेवि जई भगत, अनन्त चौरसिया, सञ्चारकर्मी रामेश्वर चौरसिया, स्थानिय लगायतले बृक्षारोपण गरेका थिए ।

Related posts

प्राइम कमर्सियल बैंकद्वारा केडिया आँखा अस्पताललाई २ थान स्टिल ट्यांकी सहयोग

hamronepaldainik

श्रीलंकासहित ३२ मुलुकमा भेटियो ओमिक्रोन भेरियन्ट

hamronepaldainik

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

hamronepaldainik
HamroNepalDainik