HamroNepalDainik.com
Uncategorizedसमाचार

सखुवा प्रसौनीका फरार अभियुक्त गिरी पक्राउ

पर्सा । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एक जना फरार अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ बलुवा निवासी प्रेम गिरी रहका छन् । विभिन्न मुद्दामा मुछिएका गिरी बर्षौदेखि प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका थिए ।

गिरी आइतबार विहान करिब साढे ५ बजे पक्राउ परेका हुन् ।
केहि दिनदेखि घरमै लुकिछिपी बस्दै आएको गिरीलाई सादा पोशाकमा खटेका प्रहरी टोलीले आज बिहान पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा जिल्ला अदालतबाट विभिन्न मुदामा दोषी ठहर भइ फरार रहेको गिरी आज पक्राउ परेका हुन र थप अनुसन्धान भैरहेको  प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

Related posts

समाजबादी प्रेस संगठन नेपाल मधेस प्रदेस समितिको बिस्तारित बैठक बिरगंजमा सम्पन्न

hamronepaldainik

पुर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रम सफल बनाउन छलफल

hamronepaldainik

नेकपा एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागेको अध्यक्ष माधवकुमार नेपालको कडा टिप्पणी

hamronepaldainik
HamroNepalDainik