HamroNepalDainik.com
राजनीतिसमाचार

नेकपा एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागेको अध्यक्ष माधवकुमार नेपालको कडा टिप्पणी

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सूर्यमा ग्रहण लागेको बताएका छन् ।

आज जनकपुरधाममा प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष नेपालले नेकपा एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागेको टिप्पणी गरेका हुन् ।

संबोधन गर्ने क्रममा अध्यक्ष नेपालले सूर्यमा ग्रहण लागिसकेको भन्दै अब धाक नदेखाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनि दिएका छन् । ‘एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण सूर्यमा ग्रहण लागेको हो’ उनले भने ।

साथै, उनले अहिलेको अवस्थामा नेकपा एकिकृत समाजवादी पार्टीको चुनाव चिह्न ‘कलम’ चम्किरहेको उनको दाबि थियो । नेकपा एकीकृत समाजवादी मा जनताको आकर्षण देखेर ओली आत्तिएका छन्, ‘हाम्रो पार्टीमा किसान, मजदुर, युवाको आकर्षण देखेर ओली आत्तिएका छन्’ उनले भने ।

Related posts

पोखरिया नगरपालिकाको ९ औं नगर सभाबाट ४४ करोड ४० लाखको बजेट प्रस्तुत

hamronepaldainik

पर्सामा सशस्त्र प्रहरी द्वारा पाँच महिनामै साढे १३ करोडभन्दा बढीको अवैध सामान बरामद

hamronepaldainik

नेपाली मुद्रा लगातार कमजोर बन्दै, अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ?

hamronepaldainik
HamroNepalDainik