HamroNepalDainik.com
शिक्षासमाचारस्थानिय

बिन्दबासिनी–५ प्रसौनीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न

बीरगंज ।
पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ मा रहेको श्री मसरुर पब्लिक आधारभुत विद्यालय प्रसौनीमा “सबैलाई प्रेम गर, कसैलाई घृणा नगर” भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले शनिवार निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
लायन्स क्लब अफ बीरगंज एण्ड क्युरिटी र माट्रिका आई केयर फाउन्डेशन बीरंजको सहयोगमा सम्पन्न शिविरबाट ६५५ जना लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ । जस मध्ये १४५ जनामा मोतियाबिन्दू फेला परेको जनाईएको छ ।
शिविरमा डा. आर.पी. खेतान, डा. मनोरञ्जन यादव, डा. निरज सिंह, मुटु रोग विशेषज्ञ डा. राधा भटराई, डा. मनिषा पटेल, डा. प्रगती कर्ण, लगायतको टिमले आँखा तथा स्वास्थ्य परीक्षण गरेका थिए ।
अहमदिया सँघ नेपालका कोषाध्यक्ष इसरायल अहमदको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि बिन्दबासिनी गाउँपालिकाका प्रमुख प्रमोद तिवारी, विशिष्ट अतिथि माट्रिका आँखा अस्पतालका डा. आर.पी. खेतान, लायन्स क्लबका बलिराम श्रेष्ठ, पवन मितल लगायतको सहभागिता रहेको थियो ।

Related posts

उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादनका लागि महानगर लगानी गर्न तयार छ ः मेयर सिंह

hamronepaldainik

खटाएको ठाउँमा नजाने कर्मचारीको सूची बनाइँदै

hamronepaldainik

विकास ,सुशासन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखी काम गर्ने छु : रामाकान्त चौरसिया

hamronepaldainik
HamroNepalDainik