HamroNepalDainik.com
समाचार

स्रोत नखुलेको साढे १८ लाखसहित नागढुंगाबाट १ जना पक्राउ

१८ चैत, काठमाडौं । स्रोत नखुलेको साढे १८ लाख रुपैयाँसहित चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–११ का २३ वर्षीय रिसब श्रेष्ठ छन् । उनलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले साढे १८ लाखसहित पक्राउ गरेको हो ।

उनी लु २ ख ४५३५ नम्बरको बसका चालक रहेको प्रहरीले जनाएको छ । उक्त रकम तिलोत्तमा नगरपालिका–११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाडौं पु¥याइदिन भनि दिएको श्रेष्ठले प्रहरीसमक्ष बताएका छन् । अनलाईन खबर

Related posts

कानु समाज नेपाल पर्साको बैठक समापन

hamronepaldainik

एमसीसीको विरोधमा आज पनि माओवादी कार्यकर्ताको प्रदर्शन

hamronepaldainik

पर्साको पोखरिया नगरपालिका वडा नं. २ मा लोसपाको भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik