HamroNepalDainik.com
समाचारस्थानिय

वीरगंजको लिंकरोडमा “पब्लिक पैथ ल्याब एण्ड पोलिक्लिनिक”को उदघाटन सम्पन्न

वीरगंज ।
वीरगंज लिंकरोड स्थित कुमु प्यालेसको सामुने पब्लिक पैथ ल्याब एण्ड पोलिक्लिनिक शुक्रवार देखि सञ्चालनमा आएको छ ।
सिनियर मेडिकल ल्याब टेक्नोलोजिष्ट बिपिन कुमार चौरसियाले सञ्चालनमा ल्याएका ल्याब एण्ड पोलिक्लिनकको उदघाटन गर्दै नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्स डा. चितरञ्जन साहले यहाँ आधुनिक उपकरण सहितको मेशिन भएकोले रिजल्ट पनि राम्रो आउनेमा विश्वास व्यक्त गरे ।
उदघाटन समारोहका प्रमुख अतिथि डा. साहले चिकित्सकहरुले कुनै पनि बिरामीको उपचार गर्दा ल्याबको रिपोर्ट महत्वपूर्ण आधार हुने हुँदा गम्भिर भएर काम गर्न सुझाएका थिए । यस ल्याबका प्रमुख चौरसिया अनुभवि भएको कारण सेवाग्रहीहरुले ढुक्क भएर सेवा लिन सक्नेमा जोड दिएका थिए ।
करिब १५ वर्ष ल्याब क्षेत्रमा अनुभव बटुलेका प्रमुख चौरसिया वीरगंजको तराई अस्पतालमा लामो समय देखि ल्याब सञ्चालन गर्दै आएका थिए । हाल उनी नारायणी अस्पतालको ईमरजेन्सी ल्याबको ईन्चार्ज समेत हुन ।
यस ल्याबमा बिसिजि, थाईराईड फनसन, लिपिड प्रोफाईल, लिभर फनसन, किडनी फनसन, ट्युमर मार्कर, युरिन, स्टोल, भिटामिन्स, भिडियो एक्सरे लगायतको जाँचहरु भईरहेको सञ्चालक चौरसियाले बताए । बजारको अन्य ल्याबहरु भन्दा सस्तो, भरपर्दो र गुणस्तरीय सेवाहरु आफुले दिने चौरसियाले बताए ।
उदघाटन समारोहमा क्लिनिकमा सेवा दिने डा. संयुक्ता साह, डा. दिपेश साह, डा. अनुप कृष्ण गुप्ता, डा. रबी कुमार गुप्ता, त्यसैगरी ओबिसि नेपालका केन्द्रिय अध्यक्ष तेज प्रकाश निसाद लगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

Related posts

थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

hamronepaldainik

बजेटबारे ओलीको टिप्पणी : अनुचित, सिद्धान्तहीन र प्राथमिकताविहीन

hamronepaldainik

चिनियाँ विरुद्ध बाराको अमलेखगंजमा विरोध प्रर्दशन

hamronepaldainik
HamroNepalDainik