HamroNepalDainik.com
राष्ट्रियसमाचार

गृहमन्त्रीको राजीनामा माग्दै संसदमा कांग्रेसको नाराबाजी

२ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै संसदमा नाराबाजी गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसदहरुले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागेका थिए । प्रधानमन्त्रीको जनआएसम्म सदन चल्न नदिने कांग्रेसको अडान छ ।

तर, सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी ऐन संशोधन विधेयक माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न गृहमन्त्री लामिछानेलाई समय लदिएपछि कांग्रेसले अवरोध गरेको थियो ।

त्यसपछि सभामुख घिमिरेले राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुसँग सामुहिक र एक्ला एकर्ल संवाद गरे । गृहमन्त्री लामिछानेले विधेयकमाथि सैद्धान्तिक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची हटाए संसद चल्न दिने कांग्रेसको भनाइ थियो । तर, सत्तारुढ दलहरु यस्तो अभ्यास गर्न नहुने अडान राखे ।

दलहरुबीच कुरा नमिलेपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक दुई घण्टापछि पुनः बसेको थियो ।

दोस्रो बैठकमा पनि कांग्रेसले अवरोध गर्‍यो । बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध गरे । तर, सभामुख घिमिरेले कांग्रेसको अवरोध वेवास्ता गर्दै गृहमन्त्री लामिछानेलाई राजनीतिक दल सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएपछि कांग्रेस सांसदहरुले नारावाजी गरेका हुन् । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे, सहकारी ठग्न पाइँदैन्, गृहमन्त्री राजीनामा दे’ भनी नारा लगाएका थिए ।

कांग्रेस सांसदहरुले वेलमा पुगेर नाराबाजी गरेपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि बैठक स्थगित गरिदिएका छन् । साभारः अनलाईन खबर

Related posts

पर्सागढी नगरपालिकामा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न प्रधानमन्त्री देउवा प्रतिबद्ध

hamronepaldainik

विन्दवासिनी गा.पा.–१ मा बालविवाह तथा दाईजो प्रथा विरुद्ध जनचेतना मुलक तालिम सम्पन्न

hamronepaldainik

चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले बढयो

hamronepaldainik
HamroNepalDainik