HamroNepalDainik.com
शिक्षासमाचार

विन्दवासिनी गा.पा.–१ मा बालविवाह तथा दाईजो प्रथा विरुद्ध जनचेतना मुलक तालिम सम्पन्न

वीरगंज २१ पुस ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. १ गर्दौलमा बालविवाह तथा दाईजो प्रथा विरुद्ध जनचेतना मुलक दुई दिने तालिम सम्पन्न भएको छ ।
विन्दवासिनी गाउँपालिकाको कार्यालय बहुअर्वाभाठाको आयोजनामा भएको तालिममा सहभागी महिलाहरुलाई दुलार्चन साह र विक्रमा कुमार साहले प्रशिक्षण दिएका थिए । कार्यक्रमको अध्यक्षता बिन्दवासिनी गा.पा वडा न.१ को वडा अध्यक्ष अच्छेलाल महतोले गरेका थिए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष ज्योति चौरसियाले बालविवाह तथा दाईजो प्रथा अन्त्य गर्न सर्वप्रथम आफ्नो घरबाटै सुरुवात गर्न सुझाएकी थिईन ।
कम उमेरमै बालबालिकाको विवाह गर्दा उनिहरुको स्वास्थ्यमा हुन सक्ने र भईरहेको असरहरुको बारेमा चर्चा गर्दै उपाध्यक्ष चौरसियाले दाईजो प्रथा अन्त्य गर्न सबैले आ–आफ्नो घर परिवार र समाजमा सचेतना जगाउनु पर्नेमा जोड दिएकी थिईन ।
तालिममा गाउँपालिकाका वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख रामप्रवेश साह,सामाजिक विकास शाखा प्रमुख नरेश चौहान लगायतको सहभागीता रहेको थियो ।

Related posts

जगरनाथपुर गाउँपालिका पूर्ण खोप घोषणा

hamronepaldainik

नवनियुक्त मुख्यमन्त्रीले सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न दिए निर्देशन

hamronepaldainik

धोबिनी गाउँपालिकाकाे ८ ‌औं गाउँ सभा प्रति केही गाउँ सभा सदस्यहरु असन्तुष्ट

hamronepaldainik
HamroNepalDainik