HamroNepalDainik.com
समाचार

पर्साका सहायक सिडिओ भिमकान्त पौडेलको सरुवा

२२ भदौ, वीरगञ्ज । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको बाजुराको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ । गृह मन्त्रालयले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको शुक्रवार सरूवा गरेको छ।

इलाका प्रशासन कार्यालय कटारीका उपसचिव चेतराज बराललाई जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको प्रमुख जिल्ला अधिकारीमा सरूवा गरिएको छ। जिल्ला प्रशासन कार्यालय ओखलढुंगाकी सिडिओ प्रदर्शनी कुमारीलाई जिल्ला प्रशासन कार्यालय कार्यालय भोजपुरमा सहायक प्रमुख जिल्ला अधिकारीको रूपमा सरूवा गरिएको छ।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेलाई प्रमुख जिल्ला अधिकारीको रूपमा डडेल्धुरामा सरूवा गरिएको मन्त्रालयले जनाएको छ।

Related posts

वीरगंज महानगरको १९ औं नगर अधिवेशन सम्पन्न

hamronepaldainik

रात्रि बजारको तयारी अन्तिम चरणमा, बजार अवधिभर सीमापार आउजाउ चौबिसै घण्टा हुने

hamronepaldainik

बिन्दवासिनी गाउँपालिका वडा नं. ४ को अध्यक्ष पदका उमेदवार धिरज चौरसिया लोकप्रिय बन्दै

hamronepaldainik
HamroNepalDainik