HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दवासिनी गाउँपालिका वडा नं. ४ को अध्यक्ष पदका उमेदवार धिरज चौरसिया लोकप्रिय बन्दै

वीरगञ्ज २३ बैशाख /
स्थानीय तहको चुनाव नजिकिदै जादा बिन्दवासिनी गाउँपालिका वडा नं. ४ का समाजसेवी तथा युवा नेता धिरज चौरसिया लोकप्रिय बन्दै गएका छन् ।
बिगत केही दिन देखि जनताको सेवामा समर्पित हुदै आएका धिरज चौरसिया आउने बैशाख ३० गते को चुनावको लागि एमाले को तर्फ बाट वडा अध्यक्षका उमेदवारी दिएका छन्।

यसपाली भ्रष्टाचार तथा बिकासको काम गर्न नचाहने गिरोहहरुलाइ चुनौती दिदै उमेदवारी दिएको नेता चौरसियाले बताए ।
चौरसिया राजनीति पेशामा आबद्ध भइ वडा नं.४ का जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको तथा आफुलाइ समाज सेवकको रूपमा चिनाउन सफल धिरज चौरसिया नै यसपालिको वडा अध्यक्ष हुने स्थानीयवासीहरुले ठोकुवा समेत गर्न थालेका छन् ।

बिगतको पाँच बर्ष मा वडा नं ४ का निर्वाचित अध्यक्ष जनताको निमित बिकासको काम गर्न नसकेकोले यसपालिको निर्वाचनमा,युवाहरूको ढुकढुकी, मिहिनेती,ईमानदार,निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाइ चिनाउन सफल युवा नेता धिरज चौरसियालाई नै रोज्ने स्थानीय युवाहरुले बताएका छन्।

Related posts

शसस्त्र प्रहरी द्वारा भारी मात्रामा पटाका नियन्त्रणमा

hamronepaldainik

वीरगंज नाका स्थित नेपालि भूमिमा भारतीय एसएसबीले गोली चलाएको स्थानीयहरुको भनाई

hamronepaldainik

हाेलीकाे अवसरमा काेर एससीबी रक्सौलद्वारा रक्तदान, ३० जनाले दिए रगत

hamronepaldainik
HamroNepalDainik