HamroNepalDainik.com
प्रदेशसमाचार

५ लाख घुससहित गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटर पक्राउ

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका र सप्तरी जिल्ला अदालतका लेखापालसहित दुई जनालाई अख्तियारले आज बिहान राजविराजबाट घुससहित पक्राउ गरेको छ ।

इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई घुससहित पक्राउ परेको हो ।

लेखापाल यादव विष्णुपुर गाउँपालिका र सप्तरी जिल्ला अदालत गरी दुवै कार्यालयका लेखापाल हुन् । इटहरीस्थित अख्तियारका प्रवक्ता निरज देवले लेखापाल र कम्प्युटर अपरेटर पक्राउ परेको जनाए । उनका अनुसार उपभोक्ता समितिबाट २ लाख नगद र ३ लाखको चेक लिँदै गर्दा दुवैजना समातिएका हुन् ।

घटनास्थलको मुचुल्का गरी पक्राउ परेकाहरुमाथि कानुनी कारबाही अगाडि बढाइएको प्रवक्ता देवले जानकारी दिए ।साभार कान्तिपुर टीभी

Related posts

पोखरियाको विकासका लागी पुर्व मेयर देखी प्रदेश सांसद सम्मको प्रतिनिधिमण्डल जनकपुरमा

hamronepaldainik

एसिया प्यासिफिक विकास परिषदको अफिसरमा वीरगन्ज जेसीजका अध्यक्ष चौरसिया नियुक्त

hamronepaldainik

वीउवासंघका कर्मचारीहरु द्वारा अध्यक्ष तथा पदाधिकारीहरुको स्वागत

hamronepaldainik
HamroNepalDainik