HamroNepalDainik.com
समाचारस्थानिय

नारायणी अस्पतालका लेखापाल सहनीलाई केही कर्मचारीहरु बदनाम गराउदै

वीरगंज २३ साउन ।
नारायणी असपताल वीरगंजमा कार्यरत्त लेखापाल अकलेश सहनीले आफुले कसै सँग दुव्र्यवहार नगरेको दाबी गरेका छन् ।
२०८० साउन १७ गते आ राती ११ बजे नारायणी असपतालको समाजिक ईकाईमा सहजकर्ता पदमा कार्यरत रामप्रबेश यादवको आफन्त बीरगंज २३ निवासी प्रतिमा कुमारी रामको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको (पेटमै बच्चाको मृत्यु) भएकोेले रामप्रवेश यदव सँग कुरुवाको रूपमा सोधपुछ गर्दा यस अस्पतालको गाईनो वार्डको नर्सिङ कक्षको बाहिरको सोफामा ५ मिनेट बसी दिदि सन्जु लामा संग सामान्य कुरा गरेको सहनीले बताएका छन ।
गाईनो वार्डको प्रमुख हेमा थापा र नर्सिङ प्रशासन प्रमुख श्रुति साह मिलि आफुलाई बदनाम गराउन केही सञ्चारमाध्यममा भ्रामक समाचार लेख्न लगाएकोमा आपत्ति जनाएका छन् ।
सहनीका अनुसार केही दिन पहिला श्रुति साहले आफनो मनोमानी काम गराउन खोजेको कारण लेखापाल सहनीले झपारेका थिए । सोही रिसले आफुलाई बदनाम गराएर सरुवा गराउन खोजेको सहनीले बताए ।
सो दिन अस्पतालको गार्ईनो वार्डमा पुग्दा कुनै किसिमको बादबिवाद नगरेको, कसैसँग दुव्र्यवहार पनि नभएको अस्पतालमा रहेको सिसिटिभी क्यामरा चेक गर्दा प्रष्ट हुन्छ भनि सहनीले दाबी गरेका छन् । सहनी नियम कानुनको परिधिभित्र रहेर काम गरिरहेको कारण अस्पतालका केही उश्रृख्ल गतिविधि गर्ने व्यक्तिहरुले आफुलाई अस्पतालबाट सरुवा गराउन षडयन्त्र गरिरहेको बताएका छन् । यस विषयमा अस्पतालका गाईनो वार्डको प्रमुख हेमा थापा सँग सम्पर्क गर्ना खोज्दा सम्पर्क हुन सकेन ।

Related posts

स्वास्थ्य मन्त्रालयले स्थानीय तहसँग माग्यो दरबन्दी बाहेकका कर्मचारीको विवरण

hamronepaldainik

नेपाल राष्ट्र बाद संघ ध्दारा पुर्ब श्री ५ युवराजधिराज पारस वीर विक्रम शाहदेव को जन्मोत्सव मनाइयो।

hamronepaldainik

अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सहयोग, मेयर सिंहले प्रदान गरे १६ जनालाई जनही ५ हजार रुपैयाँ

hamronepaldainik
HamroNepalDainik