HamroNepalDainik.com
समाचारस्थानिय

बिरगंज -१६ नगवामा एक युवकको शव फेला

पर्सा । वीरगंजको नगवामा एक युवकको शव फेला परेको छ । वीरगंज महानगरपालिका वडा नं. १६ नगवाको नयाँ बस्ती बस्ने ३० वर्षीय नजिम मियाँको शव फेला परेको हो ।

बुधबार(आज) करिब ८ बजे नगवाको बाईपास रोड नजिकै रहेको नेपाल खानेपानी संस्थानको पश्चिमतर्फ सडक किनारामा युवकको शब फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

मृतक नजिमलाई चोट पटक केही नदेखिएकोले मादक पदार्थ सेवन गरि लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । मृतकको शब पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको छ ।

Related posts

थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

hamronepaldainik

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

hamronepaldainik

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

hamronepaldainik
HamroNepalDainik