HamroNepalDainik.com
समाचार

रौतहटमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

असार २९ गते।
रौतहटमा धारिलो हतियार प्रहार गरेर एक जनाको हत्या गरिएको छ ।
धारिलो हतियारले प्रहार गरेर गएराति देवाहीगोनाही नगरपालिका-६, कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साह कानुको हत्या भएको हो । श्रीमती र छोरीसँग एउटै कोठामा सुतेका जगरनाथलाई अर्को कोठामा लगेर घाँटीमा धारिलो हतियारले प्रहार गरेर अज्ञात समूहले हत्या गरेको इलाका प्रहरी कार्यालय देवाहीगोनाहीले जनाएको छ ।

हत्या कसले र किन गर्‍यो भन्ने खुल्न सकेको छैन । हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts

सर्वसाधारणले जम्मा गरेको पैसा मिटरब्याजमा लगाएपछि, बैंक म्यानेजर पक्राउ

hamronepaldainik

स्वतन्त्र उम्मेदवार जयसवालले दिए चुनावी कार्यक्रममा तिब्रता

hamronepaldainik

रहबर केयर द्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

hamronepaldainik
HamroNepalDainik