HamroNepalDainik.com
समाचार

माधव नेपालको प्रस्ताव : नेकपा ब्यूताऔं

२७ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी ब्यूँताउने प्रस्ताव गरेका छन् ।

शनिबार एकीकृत समाजवादी भक्तपुरको पहिलो जिल्ला अधिवेशनमा उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा ब्यूँताउने प्रस्ताव गरेका हुन् ।

‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसैकसैलाई लागेको छ, एमाले, एमालेमा त आफैं रुवाबासी चलिरहेको छ । हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौँ, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौं, केपीजी तयार हुन्छन् ? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔँ ।’

एकीकरण गर्ने हो भने आफ्नो र आफ्नो मान्छेको पदका बारेमा सोच्न नहुने नेपालले बताए । उनले नेकपा एमालेले ७० वर्षको उमेर हद हटाएकामा पनि कटाक्ष गरे ।

‘सल्लाहकार भएर बसे हुँदैन, केटाहरुले राम्रो काम नगरे फेरि आएर जिम्मा लिए भइहाल्छ नि । ७० वर्ष नाघेकालाई बोलाउने, हामी त भयो अब आराम गर्नुहोस्, सल्लाहकार भएर बस्नुस् भन्छौँ, मेरो उमेर भए म पनि बस्छु’ उनले भने ।

अध्यक्ष नेपालले विप्लव समूह, जनता समाजवादी पार्टी लगायतका दलसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताए ।

‘नेकपा विप्लव समूहका नेता कमरेड विप्लव आफैँ, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, हामीले बसेर छलफल ग¥यौं, समाजको पक्षमा हामी ४ पार्टी एक ठाउँमा छौँ भने हामी एउटा मोर्चा बनाऔँ, मोर्चा बनाएपछि शक्ति बन्छ, शक्तिको परिचालन गरौँ, सडकमा, संसदमा जनताको आवाज उठाऔँ, सरकारमा बसेर पनि राम्रो काम गरौँ । हामीले छिटै यसबारेमा मिलेर अघि बढ्ने सोच बनाएका छौँ’ उनले भने । अनलाइन खबर

Related posts

तराईमा चिसो बढेको कारणले छिपहरमाई गाउँपालिका क्षेत्रका बिधालय बन्द

hamronepaldainik

आर्थिक मन्दीको कारण वीरगन्ज भन्सारमा थन्किए १२०० सयभन्दा बढी सवारीसाधन

hamronepaldainik

बहुदरमाई–६ मा रास्वपाको वडा भेला सम्पन्न, युवाहरूमा ‘परिवर्तनको आशा’

hamronepaldainik
HamroNepalDainik