HamroNepalDainik.com
शिक्षासमाचार

सिद्धार्थ माविकाे व्यवस्थापन समिति गुपचुप गठन

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १५ पिपरा स्थित श्री सिद्धार्थ माध्यमिक बिद्यालयका प्रधानाध्यापक राजेश्वर पाण्डे र वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रतिनिधि हरि राउत कुर्मीले बिद्यालयमा मनोपरी गरेको अभिभावकहरुले आरोप लगाएका छन् ।

विद्यालयकाे जेठ २१ गते नयाँ व्यवस्थापन समिति गठनको लागि अभिभावक भेला वोलाइएकोमा भेलामा बिवाद भएपछि २३ गते छलफल गरी निर्णय गर्ने सहमती बनेको थियो । तर २३ गते बिवान ८ बजे अभिभावकहरु एक समुह स्कुल पुग्दा व्यवस्थापन समिति गठन भइसकेको जानकारी पाएपछि अभिभावकहरु आसचर्यमा परेका छन् ।

स्कुलका प्रधानाध्यापक पाण्डे, वडाअध्यक्ष महबुब एलाही र वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रतिनिधि कुर्मीको एकल मिलोमतोमा अभिभावकलाई जानकारी नै नदिई २२ गते राती गुपचुप तरिकाले २१ गतेकै मितिमा माइनेटिङ्ग किर्ते गरी चार जना सदस्यहरुको नाम थप गरी बिरेन्द्र सघाईको अध्यक्षतामा व्यवस्थापन समितिलाई पुर्णता दिइएको अभिभावहरुको भनाई छ ।

२१ गते भएको अभिभावक भेलामा सघाई बाहेक सबै सदस्यहरुको नाममा बिवाद सृजना भएपछि अर्को भेला २३ गते गर्ने र सो भेलाबाट समितिलाई पुर्णता दिने सहमती बनेको थियो ।

Related posts

भन्सार छली ल्याउदै गरेको लत्ताकपडा नियन्त्रणमा

hamronepaldainik

२० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिने सरकारको निर्णय

hamronepaldainik

गृहमन्त्रीले दोहोर्‍याए : राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ

hamronepaldainik
HamroNepalDainik