HamroNepalDainik.com
समाचारस्थानिय

बिरगंजमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२० फागुन, वीरगञ्ज ।वीरगन्जमा महानगरपालिकामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका–५ मसिहानी घर भएका ४५ वर्षीय चोकट मुखिया बिनको मृत्यु भएको हो ।

वीरगञ्जबाट पोखरीयातर्फ जादैँ गरेको ना ४२ प १७५९ नम्बरको मोटरसाइकल हिजोराती करिब ९ः३५ बजे वीरगञ्ज–९ सिमखरी चोकमा अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनाबाट थप एकजना घाइते भएका छन् । पोखरीया नगरपालिका–३ फुलबरिया बस्ने ३९ वर्षीय विश्वजित राउत गिरी घाईते भएका हुन् ।

घटनाको खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीको टोलीले बिन र गिरीलाई उद्दार गरि उपचारका लागि पोखरीया अस्पताल लगेको प्रहरीले जनाएको छ ।

उपचारको क्रममा मोटरसाइकलमा पछाडि सवार बिनको राती नै मृत्यु भएको र मोटरसाइकल चालक गिरीको दाहिने हात फ्याक्चर भएको तथा उनलाई थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सूचना अधिकारी दिपक गिरीले जानकारी दिनुभयो ।

मृतकको शव पोष्र्टमार्टम गरि घटना विषयमा थप अनुसन्धान भईरहेको प्रवक्ता गिरीले बताउनुभयो ।

Related posts

पोखरिया नगरपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा श्रीवास्तव हाजिर

hamronepaldainik

मुख्य नालामाथी बनेको क्लासिक होटलमा पनि चल्यो डोजर

hamronepaldainik

एपि खबरकाे बार्षिकाेत्समा ५१ जनाद्वारा रक्तदान

hamronepaldainik
HamroNepalDainik