HamroNepalDainik.com
समाचार

निजि क्षेत्रहरुले इमान्दारिक पूर्वक स्वच्चेछिक रुपले कर बुझाउनु पर्छ : प्रमुख जिल्ला अधिकारी ढकाल

वीरगंज, ७ मंसिर । आन्तरिक राजश्व कार्यालय वीरगंजकाे आयाेजनामा राष्ट्रिय कर दिवस तथा सप्ताह मनाइएकाे छ । “स्वच्चेछिक सहभागिता सहितकाे फराकिलाे कराधार दिगाे र उत्पादनमुखी अर्थतन्त्रकाे आधार” नारासहित कर सप्ताहकाे अन्तिम दिन बुधाबार आयाेजित कार्यक्रम सम्पन्न भएकाे हाे ।

आन्तरिक राजश्व कार्यालय वीरगंजका प्रमुख कपिल प्रसाद सुबेदीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ३ जना उत्कृष्ठ करदाता तथा एक जना उत्कृष्ठ कर्मचारीलाई सम्मान समेत गरिएकाे थियाे । कार्यक्रममा उत्कृष्ठ करदाताकाे रुपमा सेवा क्षेत्रकाे धेरै कर बुझाउने ओमनी इन्टरनेशनल प्रालिलाई, व्यापार क्षेत्रकाे धेरै कर बुझाउने कमलामाेहन इन्टरनेशनल प्रालि र उद्याेग तर्फ धेरै कर बुझाउने सुप्रिम रबर उद्याेगलाई सम्मान गरिएकाे थियाे । त्यसैगरी आन्तरिक राजश्व कार्यालयकाे उत्कृष्ट कर्मचारीकाे रुपमा कम्प्युटर अपरेटर श्यामबाबु साहलाई सम्मान गरिएकाे थियाे ।

चारै जनालाई कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले खादा र प्रमाण पत्रले सम्मान गरेका थिए । कार्यक्रममा वाेल्दै प्रमुख वजिल्ला अधिकारी ढकालले निजि क्षेत्रकाे विकासकाे लागि निजि क्षेत्र र सरकारी क्षेत्र बिचकाे समन्वय जरुरी रहेकाे वताए । निजि क्षेत्रहरुले इमान्दारिक पूर्वक स्वच्चेछिक रुपले कर बुझाउनु पर्ने र सरकारी तहबाट हुनु पर्ने दायित्व पनि पुरा गर्नु पर्ने वताए ।

आन्तरिक राजश्व कार्यालय वीरगंजकाे प्राङ्गणमा भएकाे कार्यक्रममा वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नवराज ढुंगाना, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पाैडेल, नेपाल राष्ट्र बैंक वीरगंजका निर्देशक राजनदेव भट्टराई, उद्याेग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, वीरजंग उद्याेग वाणिज्य संघका अध्यक्ष सुबाेध गुप्ता लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमकाे संचालन कर अधिकृत संदिप पटेलले गरेका थिए भने स्वागत मन्तव्य कर अधिकृत एवम् सुचना अधिकृत संजय कुमार सरदारले राखेका थिए ।

Related posts

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार

hamronepaldainik

स्थानीय तहलाई विपद्सम्बन्धी न्यूनतम मापदण्डअनुसार सक्षम बनाइने 

hamronepaldainik

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

hamronepaldainik
HamroNepalDainik