HamroNepalDainik.com
राष्ट्रियसमाचार

अडिट फर्ममा छापा, कागजात र कम्प्युटर नियन्त्रणमा

कलैया बारा, ७ भदौ / राजस्व अनुसन्धान विभाग काठमाडौँबाट खटिएको टोलीले बाराको कलैयास्थित प्रभु साह कानुले सञ्चालन गरेको अडिट फर्ममा छापा मारी कागजात र कम्प्युटर नियन्त्रणमा लिएको छ । फर्मद्वारा नक्कली भ्याट बिल जारी गरी करोडौँको राजस्व छली गरेको तथा नक्कली अडिटको सही, छाप र हस्ताक्षर गरी बारा, पर्साका दर्जनौँ औद्योगिक तथा व्यापारिक फर्मको अडिट गर्दै आएका सूचनाको आधारमा राजस्व अनुसन्धान विभागबाट खटिएको टोलीले आवश्यक कागजात र कम्प्युटर नियन्त्रणमा लिएको राजस्व अनुसन्धान विभागका उप महानिर्देशक एवं प्रवक्ता प्रद्युमन प्रसाद उपाध्यायले जानकारी दिए । बाराको प्रसौनी गाउँपालिका ६ निवासी कानुले लामो समयदेखि प्रशिक्षार्थी अडिटरको प्रयोग गरी बारा, पर्साका औद्योगिक कलकारखाना, व्यापारिक फर्महरूको अडिट गर्दै आएको र नक्कली भ्याट बिल, अडिटको सही छापा र हस्ताक्षर समेत गरी राजस्व छल्दै आएको भेटिएपछि विभागबाट खटिएको टोलीले कागजात नियन्त्रणमा लिएको तर कानु भने फरार रहेको प्रवक्ता उपाध्यायले वताए । कानु जस्तै बारा, पर्सामा नक्कली अडिट फर्म खोलेर राजस्व छल्ने ठूलो गिरोह रहेको र यो घटनापछि नक्कली अडिट गर्ने फर्म खोलेका व्यक्तिहरूबिच खैलाबैला मच्चिएको छ ।

Related posts

जनता आवास कार्यक्रमको बजेटमा संयोजक देखि कार्यालय निमित्त प्रमुखको रजाई

hamronepaldainik

वीरेन्द्रनगर नगरपालिकाको एक वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

hamronepaldainik

परिवर्तनको आशासहित पर्सागढी–२ मा सुशील कुमार कानुलाई व्यापक समर्थन

hamronepaldainik
HamroNepalDainik