HamroNepalDainik.com
समाचार

सांसद यादवले संघीय सरकारको वन तथा वातावरण मन्त्रीको पदभार ग्रहण गरे

वीरगञ्ज २० असार

पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव संघीय सरकारको वन तथा वातावरण मन्त्रालयमा पदभार ग्रहण गरेका छन ।

जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आइतबार बेलुकी प्रधानमन्त्री शेर बहादुर देउवालाइ बुझाएको तीन जना नयाँ मन्त्रीहरुको सुचीमा यादवलाइ वन तथा वातावरणमन्त्रीमा सिफारिस गरिएको हो ।
जसपा अध्यक्ष उपेन्द्रले प्रम देउवालाइ बुझाएको नयाँ मन्त्रीहरुको सुचीमा यादवलाइ वन तथा वातावरण मन्त्री , बाँके क्षेत्र नम्बर २ का सांसद महम्मद इस्तियाक राइन्लाइ भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री र सप्तरीका राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवलाइ कृषि तथा पशुपंक्षि विकास मन्त्रीमा सिफारिस गरिएको थियो ।

जसपाले अहिले रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाइ भने यथावत नै राखेको छ ।
जसपाबाट सरकारमा रहेका चार मध्ये तीन जना मन्त्रीहरुलाइ सोमबार फिर्ता बोलाई नयाँ सिफारिस गरिएका तीन जना मन्त्रीहरुको आजनै शपथ ग्रहण गराइएको हो ।

जसपाले अघिल्लो हप्ता मात्रै सरकारमा अहिले रहेका आफना पार्टीका मन्त्रीहरुलाइ फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो ।

जसपाबाट हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन्।

Related posts

राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज वार्ड नं १७ अलौं को टोल कमिटी गठन

hamronepaldainik

विन्दवासिनीका अध्यक्ष तिवारीको शिक्षा प्रतिको लगाव बढदै, झौवागुठी माविमा दुई कोठे भवनको शिलान्यास

hamronepaldainik

जगरनाथको चौथो अध्यक्ष कप–२०८२ को उपाधि जागृत युवा क्लबलाई

hamronepaldainik
HamroNepalDainik