HamroNepalDainik.com
शिक्षासमाचार

एडि मैक्सको आयोजनामा होटल मकालुमा दु दिने शैक्षिक मेला सुरु

वीरगंज २८जेठ ।
एडि मैक्स ईन्टरनेश्नल एजुकेशन कन्सलटेन्सी वीरगंजको आयोजनामा शुक्रबार देखी दुई दिने शैक्षिक मेला÷सेमिनार सुरु भएको छ ।
वीरगंजको होटल मकालुमा शुक्रवार देखि सुरु भएको मेलामा भारतका २५ वटा कलेजहरुले आ–आफ्ना स्टलहरु राखी कलेजको शैक्षिक गतिविधिका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएको छ ।
आयोजकले भारतमा उच्च शिक्षा लिने चाहाने विद्यार्थीहरूलाई मध्यनजर गर्दै शैक्षिक मेलाको आयोजना गरिएको जानकारी दिएको छ । भारत सरकारद्वारा मान्यता प्राप्त कलेजहरुमा ५० प्रतिशतदेखि शतप्रतिशत छात्रवृतिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई मध्यनजर गर्दै शैक्षिक मेला आयोजना गरेको आयोजक एडि मैक्स ईन्टरनेश्नल एजुकेशन कन्सलटेन्सीका संचालक दिपेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो ।
शुक्रवार र शनिनवार दुई दिनसम्म चल्ने मेलामा भारतका दिल्ली, हैदराबाद, पन्जाब, बैङ्गलोर, चण्डीगढ, देहरादुन लगायतका स्थानमा रहेको ख्याति प्राप्त विश्वविद्यालय, एवम् कलेजहरुका शिक्षकहरुले नै विद्यार्थीलाई निःशूल्क रुपमा परामर्श दिरहेको यादवले बताए । दुई दिनसम्म चल्ने मेलामा करिब १ हजार विद्यार्थीहरुले परामर्श लिने उनले र यो वर्षमा करिब १ सय भन्दा बढी विद्यार्थीहरु भारतको विभिन्न कलेजहरुमा पढन जाने अपेक्षा पनि राखिएको छ ।
सो अवसरमा द नौलेज नेटवर्कका सञ्चालक विकास त्रिवेदी, डब्लुआरसीका सञ्चालक सुदिप नायक लगायतको सक्रियता रहेको छ ।

Related posts

परिवार दलको प्रदेश दुइको संयोजकमा सन्तोष कुमार पौडेल सर्वसम्मत चयन

hamronepaldainik

आदर्शनगर चोकमा जडान गरेको नि:शुल्क खानेपानी मेसिनको मेयर सिंहले गरे उद्घाटन

hamronepaldainik

वीरगंजमा लाईसेन्स रकममा विक्री हुने गरेको खुलासा

hamronepaldainik
HamroNepalDainik