HamroNepalDainik.com
समाचारस्थानिय

विन्दवासिनी गाउँपालिका–४ मा पोषण सम्बन्धी तालिम सम्पन्न

बिरगंज २६ जेष्ठ ,
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ४ स्थित ने.रा. आधारभुत अमरपट्टीमा आमा समुहमा पोषण सम्बन्धी जनचेतनामूलक १ दिने तालिम सम्पन्न भएको छ ।
युनिसफेस नेपालको सहयोग र विन्दवासिनी गाउँपालिकाको कार्यालय बहुअर्वाभाठ्ठाको आयोजनामा भएको तालिममा सुगान्धी देवीले प्रशिक्षण दिनु भएको थियो ।
तालिममा पोषण, पोषणको महत्व, हरेकबार खाना ४ भन्ने बारेमा, आउदो दिनमा स्थानिय तहको भुमिका बारेमा छलफल भएको थियो ।
कार्यपालिका सदस्य शम्भु प्रसाद चौरियाको सभापतित्वमा भएको सो तालिमको सहजीकरण विश्वामित्र प्रसाद साहले सहजीकरण गर्नु भएको थियो । सो कार्यक्रममा महिला स्वयंसेविका, आमा समुहका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । तालिम सञ्चालनका लागि रामप्रवेश साहले सहजीकरण गर्नु भएको थियो ।

Related posts

नेपाल कमर्शियल आर्टिष्ट संघ पर्साद्धारा खुल्ला आर्ट प्रतियोगिता, रविराज प्रथम

hamronepaldainik

स्व. गोपाल गिरी पत्रकारिता पुरस्कारका लागि छनौट भएको नाम बदर गर्न संगठनको माग

hamronepaldainik

समानुपातिक तर्फको सांसद निर्वाचित भएको घोषणा २६ मंसिरमा गरिने

hamronepaldainik
HamroNepalDainik