HamroNepalDainik.com
स्थानिय

नेपाली कांग्रेस बिन्दवासिनीकाे उम्मेदवार घरदैलो अभियानमा व्यस्त

वीरगंज २१ बैशाख।

पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिकामा नेपाली कांग्रेसको घरदैलो कार्यक्रमलाइ तीव्र पारेको छ ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बिन्दवासिनी गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार बिबेक चौरसिया र उपाध्यक्षकाे उम्मेदवार किरण गुप्ता तथा वडा अध्यक्षको उम्मेदवारलाई बिजयी बनाउनका लागि घरदैलो कार्यक्रम तीव्र पारिएको हो ।

घरदैलो गर्दै पालिका अध्यक्ष , उपाध्यक्ष र वडा अध्यक्ष सहितको सम्पुर्ण प्यानललाई जिताउन नेपाली कांग्रेसलाई मतदान गर्न अपिल गरेका छन् ।

बिन्दवासिनी गाउँपालिका वडा नं १ गर्दौल, वडा नं ५ हंसवा, प्रसौनीभाठा लगायत भएको घरदैलो अभियानमा नेपाली कांग्रेसलाई जिताउन आग्रह गरिएको छ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यवस्थित सहित महिलाहरुको सशक्तीकरण र न्यायिक स्वच्छताका लागि गाउँघरमा नेपाली कांग्रेस जित्नुको विकल्प नरहेको मतदाताहरुले बताएका छन् ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकता गाउँपालिका प्रमुख पद के उम्मेदवार बिबेक चौरसिया, उपाध्यक्ष किरण गुप्ता, वडा नं १ का वडा अध्यक्ष पद के उमेदवार सत्येन्द्र नारायण ओझा,वडा नं २ का वडा अध्यक्ष पद के उमेदवार मुक्तीनाथ प्रसाद कुर्मी,वडा नं ५ का वडा अध्यक्ष पद के उमेदवार सुकदेव राउत अहिर तथा सम्पुर्ण वडा सदस्यहरूका उम्मेदवारहरुको उपस्थिति रहेको थियो।

Related posts

भारतीय नोट सहित एक जना मानिस पक्राउ

hamronepaldainik

बजाजको प्लाटिना मोटरसाइकल किन्दा आरोही मोटर्स बजाज सोरुम जितपुर मार्फत गज्जानन सप्लायर्सलाई १ किलो चाँदी उपहार

hamronepaldainik

आईसिपि ठेक्कामा गएपछि सयौं मजदुरहरुको जागिर चट्ट, मजदुरहरु आन्दोलनमा जाने घोषणा

hamronepaldainik
HamroNepalDainik