HamroNepalDainik.com
समाचार

बिन्दवासिनी गाउँपालिका वडा नं.४ को अध्यक्ष पदका उमेदवार चौरसिया लोकप्रिय बन्दै

वीरगञ्ज पर्सा /

स्थानीय तहको चुनाव नजिकिदै जादा बिन्दवासिनी गाउँपालिका वडा नं.४ का समाजसेवी तथा युवा नेता अनोज कुमार चौरसिया लोकप्रिय बन्दै गएका छन् ।
बिगत केही बर्ष देखि वडा मा जनताको सेवामा समर्पित हुदै आएका चौरसिया आउने बैशाख ३० गते को चुनावको लागि वडा अध्यक्ष का उमेदवारी दिएका छन्। यसपाली भ्रष्टाचार तथा बिकासको काम गर्न नचाहने गिरोहहरुलाइ चुनौती दिदै उमेदवारी दिएको नेता चौरसियाले बताए ।
चौरसिया राजनीति पेशामा आबद्ध भइ वडा नं.४ का जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको तथा आफुलाइ समाजको सेवकको रूपमा चिनाउन सफल चौरसिया नै यसपालिको वडा अध्यक्ष हुने स्थानीयवासीहरुले ठोकुवा समेत गर्न थालेका छन् । बिगतको पाँच बर्ष मा वडा नं ४ का निर्वाचित अध्यक्ष भएर जनताको निमित बिकासको काम गर्नुको साथै शिक्षा,स्वास्थ लगाएत अन्य क्षेत्रमा पनि राम्रो सुधार गरेकै कारण यसपालिको निर्वाचनमा,युवाहरूको ढुकढुकी, मिहिनेती,ईमानदार,निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाइ चिनाउन सफल युवा नेता अनोज कुमार चौरसियालाइ नै रोज्ने स्थानीयवासीहरुले बताएका छन्।

Related posts

गूरु पुर्णिमाको उपलक्ष्यमा क्रिएटिभ विद्यालय समूहद्वारा विभिन्न प्रतियोगीता सम्पन्न

hamronepaldainik

महानगर स्वास्थ्य महाशाखा प्रमुख महतोले लाखो रुपैयाको लोभमा ‘आमा सुरक्षा कार्यक्रम’ को लागि सूर्य हस्पिटललाई दिए गैरकानुनी सिफारिस

hamronepaldainik

वीरगञ्ज प्राविधिक विश्वविद्यालय स्थापना सम्बन्धि अध्यादेश जारी

hamronepaldainik
HamroNepalDainik