HamroNepalDainik.com
समाचारस्थानिय

गूरु पुर्णिमाको उपलक्ष्यमा क्रिएटिभ विद्यालय समूहद्वारा विभिन्न प्रतियोगीता सम्पन्न

वीरगञ्ज । गूरु पुर्णिमाको उपलक्ष्यमा क्रिएटिभ विद्यालय समूहद्वारा विभिन्न प्रतियोगीताको आयोजना गरी मनाइएको छ । क्रिएटिभ विद्यालय समूहका संस्थापक एवंम शालोम माध्यमिक विद्यालयका संस्थापक प्र.अ. राम सुनदर चौधरीको सभापतित्वमा, ठाकुर राम बहुमुखी क्याम्पस, वीरगंजका सहायक प्रमुख मोहन यादवको प्रमुख अतिथ्यमा अन्तर विद्यालय हस्तलेखन, चित्रकला, हिज्जे तथा बक्तृत्वकला प्रतियोगिता वीरगञ्ज महानगरपालिका वडा नं. १६ मा रहेको अन्नपूर्णा पब्लिक कौलेजको प्राङ्गणमा समपन्न भएको छ ।

आज भएका कार्यक्रममा हस्तलेखन सेनियर तर्फ अपेक्स स्कूलका आशुतोष गुप्ता प्रथम, रोशन साह द्वितृय, रोशनी पण्डित तेश्रो र ओसिस माध्यमिकका सन्तवना स्थान हासिल गरेका थिए भने जुनियर तर्फ ग्रिणल्याण्ड स्कूलका कक्षा ३ का मुराद हवारी, ताहिद आलम र कक्षा ४ का निरुता कुशवाहा क्रमश ः प्रथम, दोश्रो तथा तेश्रो स्थान हासिल गरेका थिए भने एपेक्सका पलक सिंह सन्तवना पुरस्कार प्रापत गरेका थिए । त्यस्तै चत्रकला प्रतियोगिता तर्फ ओसिस माध्यमिक विद्यालयका कक्षा ९ का स्नेहा पटेल प्रथम, शालोम माधयमिक विद्यालयका कक्षा ९ का रानी चौरसिया द्वितिय, ओसिस माध्यमिकका विद्यालयका स्नेहा साह तृतीय स्थान हासिल गरेका थिए भने सन्तवना पुरस्कार एपेक्सका शुमित साह हासिल गरेका थिए ।

जुनियर तिर ग्रिण ल्याण्ड माध्यमिक विदालयका हुसैन मिया“ प्रथम, ओसिस माध्यमिक विद्यालयका खुशी पटेल दोश्रो, ज्योति पटेल तेश्रो तथा ग्रिण ल्याण्ड माधयमिक विद्यालयका लभली कुमारी चौथो स्थान हासिल गरेका थिए । कक्षा १ र २ तर्फ ग्रिणल्याण्ड माध्यमिक विद्यालयका अरफा खातुन प्रथम, एपेक्सका अंकिता साह द्वितीय, ग्रिणल्याण्ड माध्यमिक विद्यालयका साहजादी खातुन तेश्रो तथा ओसिस माध्यमिक विद्यालयका भवानी मुखिया संन्तावना पुरस्कार प्राप्त गरेका थिए । बक्तृत्वकला प्रतियोगिता तर्फ ः ग्रिण ल्याण्ड माध्यमिक विद्यालयका समी अक्तर प्रथम, एपेक्स विद्यालयका अंकिता गुप्ता द्वितिय, ग्रिणल्यण्डका जासमिन अनसारी तृतिय तथा ओसिस माध्यकिम विद्यालयका लक्की गौरो संन्तावना स्थान प्राप्त गरेका थिए । त्यस्तै हिज्जे प्रतियोगितामा ः एपेक्स विद्यालय प्रथम, गिणल्याण्ड विद्यालय द्वितिय, ओसिस माध्यमिक विद्यालय तृतिय तथा शालोम माध्यमिक विद्यालय संन्तावना पुरस्कार प्राप्त भएका थिए ।

कार्यक्रममा स्थान हासिल गरेका छात्र, छात्राहरुलाई कार्यक्रमा अतिथि एवंम नेश्नल प्यावसन पर्साका सचिव प्रमोद राय माझी, नेश्नल प्यावसन, पर्साका पूर्व कोषाध्यक्ष सोनालाल पटेल, निर्णायक एवंम डल्फिन माध्यमिक विद्यालयको प्र.अ. जंग बहादुर चौधरी, निर्णाय एवंम सफल एकेडेमीका प्रिन्सिपल प्रविन चौधरी, निर्णायक रशमी अग्रवाल आयोज हारिल साह, उपेन्द्र पण्डित लगायत विजय तथा सहभागि विद्यार्थीहरुलाई सिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए । भने कार्यक्रम संचालन ओसिस माध्यमिक विद्यालयका प्र.अ. इन्द्रदेव साह (राजा)ले गरेका थिए ।

Related posts

खैरो हिरोइन जस्तो देखिने लागु औषध सहित २ जना पक्राउ

hamronepaldainik

ऋणिलाई जानकारी नै नदिई व्याजदर बढाउदै सिभिल बैंक, सेवा ग्राही मारमा

hamronepaldainik

पत्रकार महासंघ पर्सामा एकलौटी निर्णयको कार्य समिति सदस्यद्वारा नै विरोध

hamronepaldainik
HamroNepalDainik