HamroNepalDainik.com
समाचार

युवा नेता अनोज चौधरीले आफ्नो बुबाको सपना साकार गरन राजनितिक मा हुमिए हुन।

वीरगञ्ज १० बैशाख

स्थानीय तहको चुनाव नजिकिदै जादा जिराभवानी गाउँपालिका नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार
पुर्व गाविस अध्यक्ष स्व. महादेव महतोका छोरा अनोज चौधरी राजनितिमा हुुमिएका छन् ।

उनी पेशाले पहिला पुर्व फर्मासिस्ट हुन, नेशनल हेल्थ केयरको जागिर छोडेर राजनितिक मा आएका छन्। फार्मेसी पेशासँग आबद्ध भई मास्टर इन फार्मेसी गरेका व्यक्ति हुन । उनी आफ्नो बुवाको सपना साकार गर्नका लागि जागिर छाडेर राजनितिमा आएका हुन ।

जिराभवनी गाउपालिकाको पाँचै वटा वडाबाट युवाहरुले स्वस्पुर्थ रुपले नेपाली काँग्रेसका उम्मेदवार बनाउन आग्रह गरेपछि युवा नेता चौधरीले उम्मेदवारी दिएका हुन ।

युवा नेता चौधरीले सिंचाई व्यवस्थापन गरि कृषि क्रान्ति ल्याउने, इन्धन मूल्यवृद्धिको कारण गाउँपालिका भरी विद्युतीय प्रणालीका सबै सुविधा उपलब्ध गराउन उनी प्रतिबद्धता जनाएका हुन ।

बिगतका दिन देखि समाजिक कार्यमा संलग्न रहेका चौधरी यस वर्ष गाउँपालिका को जनमानसको चाहना अनुसार अध्यक्ष पादमा उमेद्वारी दिएकाले चौधरी लोकप्रिय बन्दै गएका छन्।
गतवर्ष मा निर्वाचित अध्यक्षले जनताको निम्ति देखने लायक हाल सम्म कुनै पनि उल्लेखनीय काम नगरेको र खासै केही गर्न नसकेको गुनासो जनमानस गरेका छन् ।

युवा नेता अनोज चौधरी ले जिराभवानी गाउँपालिकाको अध्यक्ष पदको चुनाव जितेपछि शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात , सडक निर्माणर युवा हरुको लाई विषेश किसिमको योजनामा रहेर काम गर्ने युवाहरूको मेहनती,ईमानदार,निष्ठावान र विकासप्रेमी युवानेताको रुपमा आफुलाइ चिनाउन सफल हुने गाउँपालिका अध्यक्ष पदका उम्मेदवार चौधरीले बताए।

Related posts

समयमा बजेट निकासा नहुँदा कृषि औजार कारखाना सञ्चालनमा समस्या

hamronepaldainik

पोखरिया नगरपालिकामा लोसपा बाट मेयरमा समानी र उप – मेयरमा आशा देवीको उमेदवारी दर्ता

hamronepaldainik

निजी मिडियामाथि सरकारको ‘आर्थिक नाकाबन्दी’

hamronepaldainik
HamroNepalDainik