HamroNepalDainik.com
समाचारस्थानिय

पोखरिया नगरपालिकामा लोसपा बाट मेयरमा समानी र उप – मेयरमा आशा देवीको उमेदवारी दर्ता

वीरगंज, १२ बैशाख ।
पर्सा जिल्लाको पोखरिया नगरपालिकाको मेयरमा लोकतान्त्रिक समाजबादी पार्टी नेपालको तर्फबाट नेजामुदिन समानी र उप – मेयरमा आशा देवी लगायतको टिमले मनोनयन दर्ता गराएको छ ।
समानीले नगरपालिका मेयरका लागि नगरपालिका कार्यालयमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
ब्यानर एवम् साइकल चिन्ह सहित हजारौँ नेता तथा कार्यकर्ताहरु समानीको मनोनयन दर्ता गराउन उपस्थित रहेका थिए ।
बाजागाजासहित मनोनयन दर्ता गराउन पुगेका समानीले जनताको उत्साहजनक उपस्थितीले आफु पनि उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
जनताबाट प्राप्त गरेको साथ, समर्थनले सँधै भरी निरन्तरता पाइरहने र आगामी दिनमा अँझै जनलहर बढ्ने मेयरका उम्मेदवार समानी र उप – मेयरका उम्मेदवार आशा देवीको विश्वास छ ।
लोकतान्त्रिक समाजबादी पार्टीबाट नगरपालिका मेयर नेजामुदिन समानिसँगै उप – मेयरमा आशा देवी, वडा अध्यक्ष र वडा सदस्य सहित मनोनयन दर्ता गराउनु भएको छ ।

Related posts

आधा दर्जन पत्रकारका आफन्तहरुकाे निधन, समाजवादी प्रेस संगठनद्वारा श्रद्धाञ्जली अपर्ण

hamronepaldainik

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

hamronepaldainik

सर्पको टोकाइबाट नाबालक शिशुको मृत्यु , दोषीलाई कारवाही को माग।

hamronepaldainik
HamroNepalDainik