HamroNepalDainik.com
समाचारस्थानिय

वडाकाे कामकाज छाेडी प्र.प्र अधिकृतकाे सरुवामा कालिकामाईका वडाध्यक्षहरु व्यस्त

वीरगंज, २२ फागुन ।

पर्साकाे कालिकामाई गाउँपालिकाका वडाध्यक्षहरु वडाकाे कामकाज छाेडी प्रमुख प्रशासकिय अधिकृतकाे सरुवा गराउनमा व्यस्त देखिएका छन् ।

गाउँपालिकामा १४ महिनादेखी कार्यरत रहेका प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहकाे संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सरुवा गरेर अमित कुमार गिरीलाई पठाएपछि केही वडाध्यक्षहरु वडाकाे कामकाज छाेडी काठमाडाैं पुगेका छन् । वडा नं. २ का वडाध्यक्ष साेनालाल चाैरसिया, वडा नं. ३ का वडाध्यक्ष संजय पटेल, वडा न‌ं. ४ का वडाध्यक्ष हरिओम साह कलवार, वडा न‌ं. ५ का वडाध्यक्ष पवन तिवारी र गाउँपालिकाकाे याेजना शाखा प्रमुख सुनिल कुमार राैनियार प्रमुख प्रशासकिय अधिकृत गिरीकाे सरुवाकाे लागि काठमाडाैं पुगेका हुन् ।

यी वडाध्यक्षहरु ५ दिनदेखी वडा कार्यालयमा नबस्दा वडाबाट प्रवाह हुने सेवाहरु प्रभावित भएकाे सेवाग्राहीहरुले वताएका छन् । गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत गिरी आएकै दिन गाउँ कार्यपालिका कार्यालयकाे दर्ता, चलानी र हाजरी रजिस्टर लुकाएर एक कर्मचारीसहितकाे केही जनप्रतिनिधि काठमाडाैं पुगेका हुन् ।

प्रमुख प्रशासकिय अधिकृत गिरी आए कै दिन गाउँपालिकाकाे दर्ता, चलानी रजिष्टर र हाजरी रिष्टर लुकाएर सरुवा गराउन काठमाडाैं पुगेका वडाध्यक्षहरुकाे नियत प्रति गाउँवासी अशंका गर्न थालेका छन् । यी वडाध्यक्षहरुकाे मिलाेमताेमा निति, नियम विपरित काम गर्दै आएका प्रमुख प्रशासकिय अधिकृत साहलाई पुन: गाउँपालिकामा ल्याउन विभिन्न किसिमकाे प्रयास गरे पनि आइतबार सम्म सफल हुन सकेकाे छैन । गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत गिरी आएपछि विगतमा भएकाे भ्रष्टाचारकाे भण्डाफाेर हुने डरले वडाध्यक्षहरु त्रसित भएकाे समाचार स्राेतले जनाएकाे छ ।

Related posts

होटल व्यवसायी संघ पर्साका पदाधिकारीहरु माओवादी केन्द्रमा प्रवेश

hamronepaldainik

पर्साको पकहामैनपुर गाउँपालिकामा नया भवनको शिलान्यास

hamronepaldainik

अनिल रुङटाको पक्षमा बढ्दो जनलहर,नेपाली कांग्रेस पर्सा–१ मा २५० जेन–जी युवाको प्रवेश

hamronepaldainik
HamroNepalDainik