HamroNepalDainik.com
समाचारस्थानिय

नारायणी अस्पताल परिसर भित्र तिन वटा भवनको शिलान्यास

बिरगंज पर्सा । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले वीरगञ्ज स्थित नारायणी अस्पताल परिसर भित्र तिन वटा भवनको शिलान्यास भएको छ ।

भवनको शिलान्यास गदैं स्वास्थ्य मन्त्री विरोध खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा धेरै समय नरोकिने बताए । संसद बैठकमा पेश भइसकेपछि छलफल हुने र छिटै पास/फेलको टुंगो लाग्ने उनले बताए ।

सोमबार वीरगञ्जको नारायणी अस्पताल परिसरमा विशिष्ट हृदयरोग उपचार भवन (क्याथ ल्याब), आकस्मिक भवन र कोभिड–१९ उपचार भवनको शिलान्यास गर्दै मन्त्री खतिवडाले एमसीसीमा संसदको बहुमतले जे निर्णय दिन्छ त्यही स्वीकार हुने बताए । संसद बैठकमा पेश भइसकेपछि छलफल हुने र छिटै पास वा फेलको टुंगो लाग्ने उनले बताए ।

मन्त्री खतिवडाले एमसीसी सम्झौताका विषयमा राजनीतिक दल र सर्वसाधारणमा फरक फरक मत हुनु स्वाभाविक भएको बताए । ‘सन्धि सम्झौताका विषयमा, सरकार र पार्टीहरूले गरेका निर्णयका विषयमा समाज विभाजित हुनु, विभिन्न मत आउनु, पार्टीपिच्छे मत भिन्दै हुनु र नागरिक पिच्छेको राय हुनु अनौठो कुरो होइन’ उनले भने, ‘हामीले आ–आफ्नो मत जाहेर गर्नु पनि पर्छ । तर, मेरो मत नमान्ने हो भने आगो बालिदिन्छु, मोसो दलिदिन्छु्, आफ्नो मत नमानेको भनेर अर्कोलाई ठोक्ने अधिकार कसैलाई छैन ।

Related posts

पोखरिया नगरपालिकाको ९ औं नगर सभाबाट ४४ करोड ४० लाखको बजेट प्रस्तुत

hamronepaldainik

पटेर्वा सुगाैलीका आधारभुत अस्पताल देउवाले गरे उद्घाटन

hamronepaldainik

भारतले धान, चामल निर्यातमा लगाएको कर हटाउन बिरगंज उधोग वाणिज्य संघको माग

hamronepaldainik
HamroNepalDainik