HamroNepalDainik.com
समाचार

एमसीसीको विरोधमा आज पनि माओवादी कार्यकर्ताको प्रदर्शन

६ फागुन, । नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् ।

अखिल क्रान्तिकारी र वाईसीएलका कार्यकर्ताहरुले एमसीसी विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका थिए ।

माओवादी भ्रातृ संगठनहरुले गत बुधबार पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका थिए ।

बानेश्वरमा नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले पनि एमसीसीको विरोधमा प्रदर्शन गरेका थिए ।

Related posts

कांग्रेस सहमहामन्त्रीमा जीवन परियार निर्वाचित

hamronepaldainik

वीरगञ्जमा हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार

hamronepaldainik

अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने

hamronepaldainik
HamroNepalDainik