HamroNepalDainik.com
समाचारस्थानिय

दुई सप्ताह पछि बालकको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ

बिरगंज ११ माघ । दुई सप्ताह पछि बालकको हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । दुई सप्ताह पहिला पर्साको जगरनाथपुर गाउँपालिका वाड न ६ निवासी १२ वर्षीय मन्टु प्रसाद कुर्मीको हत्या गरि शब फेला परेको थियो उप हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ५ जना एकै परिवारका सदस्य भएको प्रहरीले जनाएको छ।

घाँटी थिचेर हत्या गरेको अवस्थमा १२ वर्षीय बालक मन्टु प्रसाद कुर्मी शब गत पुस २३ मा दिउँसो करिब ४ बजे उखु खेतमा को शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पुरानो मुद्दाको रिसइबीका कारण मन्टुको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं.६ भिष्वास्थित नेपाल भारत सीमाबाट माघ ८ गते पांचै जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । मृतक मन्टुका बुबा नागेश्वर प्रसाद कुर्मीले दिएको किटानी जाहेरी तथा अनुसन्धानबाट हालसम्म खुल्न आएका तथ्यहरूको आधारमा पाँच जनालाई पक्राउ गरी अदालतबाट म्याद थप गरिएको प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जनाए ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका– ६ निवासी ६४ वर्षीय गोबारी राउत अहिर, ५५ वर्षीय नग राउत अहिर, ३२ वर्षीय शत्रुधन यादव, ३० वर्षीय मनमोहन यादव र २५ वर्षीय रोहन यादव रहेका छन् ।

घटनाको अनुसन्धानमा मुद्दा मामिलाको रिसइबीका कारण हत्या गरेको देखिन्छ र सिलसिलामा पीडितबाट प्राप्त किटानी जाहेरी दरखास्त तथा सो सम्बन्धमा हालसम्म खुल्न आएका तथ्यहरूको आधारमा पांचै जनालाई पक्राउ गरिएकाे सात दिनको म्याद लिई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Related posts

स्वतन्त्र उम्मेदवार जयसवाल को घरदैलो मा जनलहर बढ्दै

hamronepaldainik

राष्ट्रिय वाणिज्य बैंककाे बार्षिकाेत्सवमा सत्ताव्यापी कार्यक्रम सम्पन्न

hamronepaldainik

नार्क र विनरक इन्टरनेशनलका पदाधिकारी बीच कृषि अनुसन्धानमा सहकार्य बारे छलफल

hamronepaldainik
HamroNepalDainik