HamroNepalDainik.com
समाचारस्थानिय

स्वतन्त्र उम्मेदवार जयसवाल को घरदैलो मा जनलहर बढ्दै

कार्तिक १६ पर्सा
पर्सा क्षेत्र नं.३ (क) मा प्रदेश सभा सदस्य पदको स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल घरदैलो कार्यक्रममा ब्यस्त भएका छन्।        पोखरियाको लमरिया , देउरवानामा घरदैलो कार्यक्रम गरेका छन्। त्याहाका जनता र युवा हरु उनको उम्मेदवारी ले उत्साहित भएका थिए।
लमरियाका आम जनता र युवा हरु ले भने, हामीले सबै लाई हेरि सकेका छौं , प्रदेश सभा सदस्य पदमा क्षेत्र नं ३ को (क) मा जो जो लडेका छन् तयसमा धेरै जना विधायक भई सकेका छन र वहा हरु को कार्यकाल को बारेमा सबैलाई थाहा नै छ। त्यसैले यसपालि पाटिगत ब्यक्ति लाई त्याग गरी स्वतन्त्र लाई जिताउन आवश्यक भएको कुरा भने ।
स्वतन्त्र उम्मेदवार प्रमोद जयसवालले आफ्नो चुनाव चिन्ह कोभी छाप मा मतदान गरी स्वतन्त्र उम्मेदवार लाई जिताउन र स्वतन्त्र उम्मेदवारले गर्ने बिकास हेर्न समेत आग्रह गरेका छन।

घरदैलो कार्यक्रममा स्वतन्त्र उम्मेदवार प्रमोद जयसवाल लगायत पोखरिया लमरिया, का स्थानिय लगायत उनको कार्यकर्ताकाे पनि उपस्थिति रहेको थियो।

Related posts

अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार छः अर्थमन्त्री पौडेल

hamronepaldainik

नवनियुक्त तीन मन्त्रीले लिए शपथ

hamronepaldainik

पत्रकार महासंघ मधेश प्रदेशलाई जनकपुरमा भवन निर्माणका लागि ४ कट्ठा जग्गा प्राप्त

hamronepaldainik
HamroNepalDainik