HamroNepalDainik.com
राष्ट्रियसमाचार

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

१९ पुस, काठमाडौं । सत्ता साझेदार दलले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन् । सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको थियो ।

यसअनुसार कांग्रेसको भागमा ६ सिट तथा माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५ त्यसैगरी जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।

खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिंदै छ । यसअघि जुन–जुनबाट सदस्यहरु थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने सहमति भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

यसो गर्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले चार–चार तथा कांग्रेसले तीन सिट पाए । एमालेले जितेको आठ सिटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १–१ सिट पाउने गरी भागबण्डा भएको छ ।onlinekhabar

Related posts

बिन्दवासिनी गाउँपालिकाको ११ औ गाउँसभा, नीति तथा कार्यक्रम सम्पन्न

hamronepaldainik

ज्येष्ठ नागरिक संघ पर्साको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न

hamronepaldainik

कालिकामाई गाउँपालिकामा उपाध्यक्षले आफ्नो स्वार्थपुर्ति गर्न खोज्दा परिषद् अन्यौल

hamronepaldainik
HamroNepalDainik