HamroNepalDainik.com
समाचारस्थानिय

अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज । अपहरण मुद्दाका फरार प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन बिशेष टोलीले गा.बि.स.रामनगरी वडा नं.२ हाल परिवर्तित बहुदरमाई नगरपालिकाकाे वडा नं.८ बस्ने वर्ष ६५ को बिनोद साह कानुलाई पक्राउ गरेकाे हाे ।

बहुदरमाई नगरपालिकाकाे गम्हरिया बस्ने दरोगा साह कानुको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कानुलाई पर्सा जिल्ला अदालतको मिति २०६७।१०।२५ गते तथा पूनरावेदन अदालत हेटौडाको मिति २०६९।१२।१४ गतेको फैसलाले ९ वर्ष कैद र रू.५० हजार जरीवाना तोकिएको थियाे ।

प्रहरिले बिहिबार एक बजे वीरगञ्ज महानगरपालिकाकाे वडा नं.१६ नगवा स्थितबाट कानुलााई पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाइ कारागार कार्यालय पर्सा, वीरगञ्जमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Related posts

वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ मा जसपा को घरदैलो सम्पन्न

hamronepaldainik

उपाध्यक्ष कन्या विवाह अनुदान रकम वितरण समारोह सम्पन्न

hamronepaldainik

सुर्खेतमा युवकको मृत्युपछि प्रहरी विरुद्ध प्रदर्शन

hamronepaldainik
HamroNepalDainik