HamroNepalDainik.com
समाचारस्थानिय

खैरो हिरोइन जस्तो देखिने लागु औषध सहित २ जना पक्राउ

बिरगंज पर्सा , १९
खैरो हिरोइन जस्तो देखिने लागु औषध सहित २ जना पक्राउ परेका छन ।
आईतबार अं.१६:०० बजे  वीरगञ्ज महानगरपालिका वडा नं.१५ लक्ष्मनवा राजु डिजल ग्यारेजबाट जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको टोलीले पक्राउ गरेका छन् ।
मोटरसाइईकलको टंकीभित्र लुकाइछिपाई लागु औषध खैरो हिरोइन ओसार पसार कार्य गरिरहेको भन्ने प्राप्त सूचना अनुसार उक्त ग्यारेजमा मर्मत गर्न लागेका ना.५६ प ५४१७ नम्बरको सेतो NS पल्सर मोटरसाईकलको टंकीलाई जाँच गर्दा टंकीभित्र कालो प्लाष्टिकले बेरिएको सात प्याकेटमा लागु औषध खैरो हिरोइन प्लाष्टिक सहित ३.५ ग्राम फेला परेको
हुँदा उक्त मो.सा.धनी जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१० घडिअर्वा बस्ने वर्ष २६ को रामबाबु ठाकुर, ना.५६ प ५४१७ नम्बरको मो.सा.  र बरामद भएका लागु औषध सहित नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।
साथै; उक्त घट्नाको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१२ मुर्ली बस्ने वर्ष २१ को सहजाद मन्सुरीलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

वीरगन्जको छठ घाटमा पूर्व युवराज्ञी हिमानी

hamronepaldainik

भाेजपुरी टाईम्सकाे ७ औं बार्षिकाेत्सवमा आमाकाे छात्रावासमा ब्यग र स्टेशनरी सहयाेग

hamronepaldainik

पर्सा–४ मा नगर अध्यक्षसहित ६५० जना कांग्रेसमा प्रवेश

hamronepaldainik
HamroNepalDainik