HamroNepalDainik.com
समाचारस्थानिय

वीरगन्जको छठ घाटमा पूर्व युवराज्ञी हिमानी

वीरगन्ज पर्सा ,

पूर्व युवराज्ञी हिमानी शाह बुधबार साँझ वीरगन्जको घडिअर्वा छठ घाटमा पूजाअर्चना गरेकी छन् ।

छठ पूजाको समयमा नेपालमै सर्वाधिक चर्चामा रहने वीरगन्जको घडिअर्वा छठ घाटमा पूर्व राजसंस्थाका प्रमुख व्यक्तिको आगमन भएको यो सम्भवत: पहिलो पटक हो । शाहले घडिअर्वा पोखरीको मध्य भागमा निर्मित सूर्य मन्दिरमा पूजाअर्चना गरेर फर्किएकी छन् ।

छठी माताको दर्शनको लागि आउँदा घाट केही बेर अस्तव्यस्त बन्न पुगेको थियो । साँझ करीब ५ बजेर ४५ मिनेटमा घाटको १ नम्बर गेटबाट शाह घाटमा प्रवेश गर्दा ठीक त्यसै समय व्रतालु तथा उनीहरुका आफन्त सोही गेटबाट बाहिरिदै थिए ।

केही महिला सुरक्षाकर्मी तथा राजसंस्था समर्थकहरुले त्यहाँ शाहसँग सेल्फी खिच्‍न खोजेपछि उनले फेस मास्क खोलेकी थिइन । त्यसै, क्रममा उनले त्यहाँ उपस्थित समर्थकहरुलाई अभिवादन फर्काएकी थिइन् ।

शाहको सुरक्षार्थ त्यहाँ ठूलो संख्यामा नेपाल तथा सशस्त्र प्रहरी तैनाथ थिए । मूल गेटमै निर्मित स्वागतद्वारमा भीडभाडबीच शाहले पानसमा दीप प्रज्वलन गरेकी थिइन् । स्थानीयमा शाहको आगमनलाई लिएर चासो समेत राखेका थिए ।

Related posts

लेखा अधिकृत कर्ण चलखेलका कारण औषधी खरिद प्रक्रिया अन्योलमा

hamronepaldainik

सांसद विकास कोषको बजेट खर्च नगर्न सर्वोच्चको आदेश

hamronepaldainik

कोरोनाको नयाँ भेरियण्ट ‘ओमिक्रोन’ भेटिएपछि बेलायतमा थप प्रतिबन्धको घोषणा

hamronepaldainik
HamroNepalDainik