HamroNepalDainik.com
अन्तराष्ट्रियसमाचार

कोरोनाको नयाँ भेरियण्ट ‘ओमिक्रोन’ भेटिएपछि बेलायतमा थप प्रतिबन्धको घोषणा

लण्डन- हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन भेटिएपछि बेलायतले थप प्रतिबन्धहरुको घोषणा गरेको छ।

प्राप्त समाचारहरुमा बेलायतले अहिलेको भन्दा थप कडा प्रतिबन्धहरुको घोषणा गरेको हो। त्यस्तै बेलायत आउने अरु देशका उडानहरुमा पनि निगरानी बढाइएको छ।

बेलायत आउने हरेक यात्रुले दुई दिनमात्र यताको स्वास्थ्य रिपोर्ट अनिवार्यरुपमा देखाउनुपर्ने र बेलायत पुगेपछि पनि पीसीआर परीक्षण गरिनेछ। यसरी गरिएको परीक्षणमा यदि कोरोना भाइरस ‘पोजिटिभ’ देखिएमा आफैं आइसोलेसनमा बस्नुपर्ने र नेगेटिभ रिपोर्ट आएपछिमात्र बाहिर निस्किन पाउने बताइएको छ।

हालै अफ्रिकामा देखिएको भनिएको नयाँ भाइरस बेलायतमा देखिएको कुरा यहाँका स्वास्थ्यमन्त्री सजिद जाभिदले शनिबार जानकारी दिएका छन्।

यो भाइरसको सङ्क्रमण देखिएका दुई जनालाई आइसोलेसनमा राखिएको र उनीहरुको थप स्वास्थ्य अनुसन्धान जारी रहेको पनि उनले बताएका छन्। बेलायतका प्रधानमन्त्रीले यो भाइरसको प्रभाव अहिलेको भन्दा निकै खतरनाक रहेको भन्दै थप प्रतिबन्धहरुका बारेमा जानकारी दिएको हो।

उनले हाललाई विदेशबाट आउने उडानहरुमा सतर्कता अपनाइने र यात्रुहरुको पीसीआर परीक्षणलाई अनिवार्य गरिने जानकारी दिएका हुन्।

साथै, बेलायतमा यात्राका क्रममा तथा सार्वजनिक यातायातमा अनिवार्यरुपमा मास्कको प्रयोग गर्नुपर्ने नियम पनि सार्वजनिक गरिएको बताइएको छ।

Related posts

वीरगंजको मुख्य सडक विस्तारको सुनुवाई २४ औँ पटक पनि सर्यो

hamronepaldainik

नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न कानुन मन्त्री चौरसियाको आग्रह

hamronepaldainik

३ दिने हरवाचरवा यूवा एक्टिभिजम तथा जनवकालत तालिम लहानमा शुरु

hamronepaldainik
HamroNepalDainik