HamroNepalDainik.com
समाचारस्थानिय

धान झार्ने थ्रेसरले च्यापीदा ८ वर्षीय बालकको मृत्यु

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ माधवपुरमा धान झार्ने थ्रेसरले च्यापीदा एक बालकको मृत्यु भएको छ । स्थानिय भुटेश्वर साहका ८ वर्षिय छोरा ओमबाबु साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धान झार्नको लागि थ्रेसर खेतमा लिएर जादै कर्ममा थ्रेसर पल्टिदा च्यापेर  गम्भीर घाइते भएका ओमबाबु साहलाई उपचारको लागि तराई अस्पताल ल्याइएको थियो । उपचारको क्रममा अ राति  ९ बजे बालकलाई अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले थ्रेसर र ट्याकटर दुईटै नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

Related posts

डा.अंसारीको लापर्वाहीका कारण विरामीको अवस्था गम्भिर, थप उपचारका लागी काठमाडौं रेफर

hamronepaldainik

स्वतन्त्र उम्मेदवार प्रमोद जयसवालको घरदैलोमा दिन प्रतिदिन जनलहर बढ्दै

hamronepaldainik

मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको आठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik