HamroNepalDainik.com
राजनीतिसमाचार

नेपाली कांग्रेस जिराभवानी-२ को वडा सभापतिमा सरोज चौरसिया सर्वसम्मत

वीरगञ्ज, १ मंसिर ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्सा जिल्लास्थित जिराभवानी गाउँपालिकाको वडा नं. २ को वडा सभापतिमा सरोज चौरसिया विजय भएका छन् । बुधबार सम्पन्न वडा अधिवेशनमा चौरसियालाई सर्वसम्मतबाट वडा सभापतिमा चयन गरिएको हो ।

गाउँपालिकाको वडा नं. २ स्थित सेढवामा आयोजित अधिवेशनमा कांग्रेसका क्रियाशील सदस्यहरुको उपस्थितिमा चौरसियालाई सर्वसम्मतबाट वडा सभापति चयन गरिएको निर्वाचन अधिकृत रामबाबु प्रसाद कानुले जानकारी दिए । चौरसिया नेतृत्वमा गठन भएको वडा समितिको उपसभापतिमा ललिता देवी, बालेश्वर यादव, सचिवमा खेमराज प्रसाद महतो, अमृत चौधरी, सह-सचिवमा विरेन्द्र महरा र सत्म्वा चौधरी थारु रहेका छन् ।

वडा सभापतिमा विजयी चौरसिया विद्यार्थी राजनीतिको पृष्ठभूमि बोकेका व्यक्ति हुन् । उनले लामो समयसम्म विकास र सामाजिक क्षेत्रमा पनि काम गरेका छन् । चौरसिया लामो समयदेखि गाउँपालिकामा बसेर सामाजिक र राजनीतिक कार्यमा सक्रिय छन् ।

Related posts

कार दुर्घटना हुदाँ ६ जनाको मृत्यु

hamronepaldainik

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको कार्यक्रम वीरगन्जमा

hamronepaldainik

सिट क्षमता भन्दा बढि यात्रु बोकी रुट पर्मिट विना महानगरमा टेम्पो कुद्दै

hamronepaldainik
HamroNepalDainik