HamroNepalDainik.com
समाचारस्थानिय

बेवारिसे अवस्थामा १२० केजी गाँजासहित भारतीय ग्याँस ट्याङकर प्रहरीको नियन्त्रणमा

वीरगञ्ज २८ असोज । पर्सा प्रहरीले बेवारिसे अवस्थामा रहेको एक सय २० केजी अवैध गाँजासहित एलपी ग्याँस बोक्ने भारतीय नम्बरको ट्याङकरलाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ स्थित आईसीपी गेट अगाडी बेवारिसे अवस्थामा रहेको सो परिमाणको गाँजासहिँत उक्त ट्याङकरलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा प्रहरी टोलीले एनएल ०१ के ०७५४ भारतीय नम्बरको ट्याङकरमा खान तलासी गर्दै जाँदा चालक बस्ने क्याबिन भित्र सुनियोजित तरिकाले लुकाइ छिपाई राखिएको अवस्थामा लागु औषध फेला परेको र ट्याङकर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जानकारी दिएको छ ।

बरामद गरिएको गाँजासहित ट्याङकरलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ, भने फरार रहेका चालकको पहिचान गरि खोजी कार्य भईरहेको प्रहरीले बताएको छ ।

Related posts

धितोपत्र बोर्डका अध्यक्षमाथिको छानविन प्रतिवेदन सरकारलाई

hamronepaldainik

नारायणी अस्पतालका डाक्टरलाई हातपात गर्नेलाइ कारबाही गर्न चिकित्सक संघको माग

hamronepaldainik

बिन्दबासिनी–५ प्रसौनीमा निःशुल्क दन्त शिविर सम्पन्न

hamronepaldainik
HamroNepalDainik