HamroNepalDainik.com
उधोगसमाचार

धितोपत्र बोर्डका अध्यक्षमाथिको छानविन प्रतिवेदन सरकारलाई

५ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ । अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा समितिका अध्यक्ष उच्च अदालतका पूर्व न्यायाधिश अनन्तराज डुम्रेले छानविन प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाएका हुन् ।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्‍याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम कारवाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्री परिषद् बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो ।

जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताए ।

अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताहरुको हित रक्षामा सहयोगी हुने धारणा राखे ।

शेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकोले मन्त्रीको कारणले शेयर बजार घटबढ नहुने कुरा नभएको उनले बताए ।

Related posts

त्रिभुवन विमानस्थलमा अनलाइन भुक्तानीको ‘भर छैन’, नगद बोकेर आउन पर्यटकलाई आग्रह

hamronepaldainik

पर्सामा १२ सिटको लागि १ सय १४ जनाको उम्मेदवारी, स्वतन्त्र उम्मेदवार बढि

hamronepaldainik

स्व. पत्रकार सर्राफको परिवारलाई वीरगंज महानगरद्वारा ५ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा

hamronepaldainik
HamroNepalDainik