HamroNepalDainik.com
समाचार

संघीय शिक्षा ऐन ल्याउन शिक्षक महासंघको माग

२७ भदौ, काठमाडौं । नेपाल शिक्षक महासंघले तत्काल संघीय शिक्षा ऐन जारी गर्न माग गरेको छ । महासंघले आइतबार वृहत् अन्तर्क्रिया कार्यक्रम आयोजना गरी संघीय ऐन तत्काल जारी गर्न माग गरेको हो ।

महासंघले सबै प्रदेश र स्थानीय तहले बनाउने शिक्षा ऐन तथा नियमावलीमा आधारभूत विषयमा एकरुपता रहनुपर्ने, शिक्षकका माग र मुद्दालाई सम्बोधन गर्ने गरी नयाँ राष्ट्रिय शिक्षा ऐन ल्याउनुपर्ने, विद्यालय तहको शिक्षालाई स्थानीय तहको एकल अधिकार सूचीबाट झिकेर तीन वटै तहको साझा अधिकार सूचीमा राख्नुपर्ने माग पनि राखेको छ ।

बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको घोषित पारिश्रमिक स्पष्ट नभएकोले सरकारबाटै विनियोजन गरिनुपर्ने, समान सेवा सर्त र सुविधा पाउने गरी एकै खालका शिक्षकको व्यवस्थापन गर्नुपर्ने, निजामती सेवा र शिक्षकबीच ग्रेड, तलब तथा निवृत्तिभरणमा भएको विभेद हटाउनुपर्ने अध्यक्ष कमला तुलाधरले बताइन् ।

सरकारले शिक्षकहरुलाई बेवास्ता गरेको र अहिलेसम्म कुनै पनि सरकारले शिक्षक तथा कर्मचारीसँग भएको सम्झौता कार्यन्वयन नगरेको उनले बताइन् ।

कार्यक्रममा पूर्व शिक्षामन्त्री डा. गङ्गालाल तुलाधरले महासंघले आफ्ना माग पूरा गराउन सबै राजनीतिक दलसँग राजनीतिक सहमति गर्नुपर्ने बताए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले विद्यालय सुधारको अभियानलाई विद्यार्थी र अभिभावकसँग जोड्नुपर्ने बताए । भण्डारीले शिक्षकमाथि भइरहेको विभेद अन्त्य हुनुपर्ने जोड दिए ।

महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले सरकारले शिक्षक तथा कर्मचारीको सम्मानजनक समाधान खोज्नुपर्ने बताए ।

Related posts

सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागू औषध गाजा बरामद

hamronepaldainik

पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व सङ्कलन

hamronepaldainik

साहको अध्यक्षतामा कानु युवा समाज नेपाल गठन

hamronepaldainik
HamroNepalDainik