HamroNepalDainik.com
समाचार

वीरगंज सिटी मार्केटमा ५३ जनाद्वारा रक्तदान

वीरगंज । वीरगंज सिटि मार्केटकाे आयाेजना शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंज सिटी मार्केट अगाडी भएकाे  कार्यक्रममा ५३ जनाले रक्तदान गरेकाे विक्की सर्राफले जानकारी दिए ।

कार्यक्रममा जयप्रकाश पटेल, विक्की सर्राफ, कलाम मन्सुरी, सदाम खान, सगिर अलि, मोहित गुप्ता, सोनु गुप्ता, महेश पटेल, राहुल जयसवाल, उमेश गुप्ता, अन्कित गुप्ता, बालकृष्ण चौधरी, अर्जुन गुप्ता, प्रधुमन गुप्ता लगायतकाले रक्तदान गरेकाे उनले जानकारी गराए ।

करन रौनियार र बिक्की सराफको संयाेजनमा भएको रक्तदान कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर बिजय सरावगी, वाइसीएलका केन्द्रिय सदस्य ओम प्रकाश गुप्ता, नेवि संघ ठा.र.ब. क्याम्पसका सभापति मनोज कुमार साह, भोलेन्टिएर समूह वीरगंजका संयोजक राजन श्रीवास्तव, युवा वचन संस्था पर्साका अध्यक्ष किसु सर्राफ लगायतको सहभागीता रहेको थियो ।

रक्तदान कार्यक्रम रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे ।

Related posts

पर्सा चिकित्सक श्रीमती संघद्वारा महिनावारी तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण

hamronepaldainik

डा.अंसारीको लापर्वाहीका कारण विरामीको अवस्था गम्भिर, थप उपचारका लागी काठमाडौं रेफर

hamronepaldainik

नेपाल खेलकुद महासंघको बिरगंज महानगर कमिटीको प्रथम अधिबेशन समपन्न।

hamronepaldainik
HamroNepalDainik