HamroNepalDainik.com
समाचार

एचएसएसद्वारा हिन्दु महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम

वीरगंज । जेहेनदार महिला तथा युवतीहरुलाई आत्मनिर्भर बनाई आर्थिक रुपमा सक्षम बनाउँने उदेश्यले हिन्दु स्वंयसेवक संघ (एचएसएस), सेवा ईन्टरनेशनल नेपालद्वारा बाराको विश्रामपुर र फेटाँगाउँपालिकामा तीन महिने नि:शुल्क सिलाईकटाई प्रशिक्षण शुरु गरिएको छ ।

विश्रामपुर गाउँपालिका वडा नम्बर १ कल्याणपुर र फेटाँ गाउँपालिका ४ बातरामा छुट्टाछुट्टै शुक्रबारदेखी शुरु गरिएको तीन महिने सिलाई कटाई प्रशिक्षण कार्यक्रमको उद्घाटन हिन्दु स्वंयसेवक संघका विभाग संघचालक अशोक बैद्य र उद्योगपति एवं समाजसेवी निखिल चाचानले गरेका थिए ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विभाग संघचालक अशोक बैद्यले आफूलाई सबल बनाउँन शिप सिक्न आवश्यकता रहेको औल्याए । हिन्दु समाजका महिलाहरु अहिले पनि पिछिडिएका छन । उनले भने,‘ शिप नभएका कारण दैनिकी जीवन घर गृहस्तीमै विताई रहेनु परेको छ, जसले गर्दा घरजिवन पनि धाउँन कठिनाई भोग्नु परेको छ । ’

आर्थिक अवस्थामा केहि हिन्दु महिला कमजोर भएपनि काम गरेर आफूलाई सबल व्यक्तिको रुपमा उभ्याउँने मनमा ईच्छा र दृढशक्ती हुदाँ हुदैपनि अवसर नपाएका कारण पछि परेका छन उनले भन्ने , ‘ यस्ता हिन्दु महिला तथा युवतीहरुको उत्थानको लागि हिन्दु स्वयंसेवक सदैव साथ र सहयोग रहने छ ।’

कार्यक्रममा उद्योगपति एवं समाजसेवी निखिल चाचानले आफूलाई आर्थिक रुपमा सबल बनाई समाज परिर्वतनमा योगदान पु¥याउँन सहभागि प्रशिक्षण कार्यक्रमका महिला तथा युवतीहरुलाई आग्रह गरे । उनले शिक्षाले मात्र अगाडी बढ्न सकिदैन यसको साथ साथ व्यवहारीक रुपमा सिपको पनि आवश्यक रहेको बताए ।

जबसम्म महिला अगाडी बढ्दैन तबसम्म समाज पनि अगाडी बढ्न सक्दैन, उद्योगि चाचानले भने, ‘शिप सिकेपछि आत्मनिर्भर बनाउँन सक्षम बनाउँन, सक्षम बनिसकेपछि अगामी पिडिको लागि फलदायी हुने छ ।’

हिन्दु स्वयंसेवकले आयोजना गरेको प्रशिक्षण कार्यक्रम तीन महिनाको लागि सिमित छैन, अगामी दिनमा पनि यसले समाज परिर्वतनमा उल्लेखनिय सहयोग गर्ने उनले बताए ।

प्रशिक्षण कार्यक्रममा बातराका सिलाई प्रशिक्षक अन्तिमा कुमारी बैठाले हिन्दु महिला तथा युवतीहरुलाई आत्मनिर्भर बन्ने दृढता हुदाँ हुदैपनि आर्थिक अभावले गर्दा अगाडी बढ्न नसकेको बताईन । उनले हिन्दु स्वयंसेवक संघको सहयोगमा शुरु गरिएको तीन महिने सिलाई तथा कटाई प्रशिक्षणले सिप हासिल गरीसकेपछि आफूलाई आत्मनिर्भर बनाउँन ठूलो योगदान पुग्ने विश्वास लिएको बताईन ।

करिब ६० जना प्रशिक्षार्थीहरुको लागि हिन्दु स्वयंसेवक संघले ४ जना प्रशिक्षक सहित ४ वटा सिलाई मेसिन, त्यसका आवश्यक उपकरण उपलब्ध गराएको छ । नियमित रुपमा प्रशिक्षण जारी भएपछि थप सिलाई मेसिन र त्यसको उपकरण उपलब्ध गराउँने संघले जनाएको छ ।

तीन महिने प्रशिक्षणमा उत्कृष्ठ हुने परिक्षार्थीलाई नि:शुल्क रुपमा सिलाई मेसिन समेत उपलब्ध गराउँने घोषणा हिन्दु स्वयंसेवक संघले गरेको छ ।

उद्घाटन कार्यक्रममा हिन्दु स्वंयसेवक संघका स्वयंसेवक तथा फेटाँ गाउँपालिका र विश्रामपुर गाउँपालिका स्थानियहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

Related posts

स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

hamronepaldainik

पकहाँ मैनपुरका जिन्सी प्रमुख महतोको निर्देशनमा कार्यालयबाट राति सामानहरु गायब हुदै

hamronepaldainik

महानगर स्वास्थ्य महाशाखा प्रमुख महतोले लाखो रुपैयाको लोभमा ‘आमा सुरक्षा कार्यक्रम’ को लागि सूर्य हस्पिटललाई दिए गैरकानुनी सिफारिस

hamronepaldainik
HamroNepalDainik