HamroNepalDainik.com
समाचार

एमाले समाजवादी दर्ताका लागि माधव नेपालले दिए निवेदन

२ भदौ, काठमाडौं । नेकपा एमाले विभाजन गरेको माधवकुमार नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाल समूहले नयाँ दल दर्ताको निर्णय गरेको थियो ।

नेता नेपालले एमालेका ५८ केन्द्रीय सदस्यसहित नयाँ दल दर्ताका लागि आवदेन दिएका हुन् । एमालेमा केपी ओलीले गरेको व्यवहार, दुईदुई पटक संसद भंग गरेको तर, गल्ती स्वीकार नगरेको तथा संसद र संविधानका रक्षाका लागि पार्टी एकताको आवाज उठाएपनि सुनुवाई नभएकाले नयाँ पार्टी बनाउने निर्णयमा पुगेको एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

नयाँ पार्टीको अध्यक्ष माधवकुमार नेपाल स्वयंम छन् भने वरिष्ठ नेता झलनाथ खनाल छन् । यस्तै ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको नेता पाण्डेले जानकारी दिए ।

एमाले समाजवादीमा नवौं महाधिवेशनदेखि नेपाल समूहमा रहेका स्थायी कमिटीका अधिकांश नेताहरु भने अटाएका छैनन् । भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई लगायतका नेताहरुले नेता नेपालको साथ छाडेका हुन् ।

नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोग पुगेका नेता राजेन्द्र पाण्डे भन्छन्, ‘भोलि उहाँहरु कहाँ हुनुहुन्छ, भोलिका दिनले देखाउँला । आज उहाँहरु हुनुहन्न ।’

माधव नेपालले नयाँ दल बनाए साथ दिन्छु भन्दै आएका उपाध्यक्ष बामदेव गौतम पनि छैनन् ।

छिट्टै राष्ट्रिय सम्मेलन गर्ने र क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउने नेता पाण्डेले बताए । उनले एमालेकै अलमलिएर रहेका नेताहरुलाई चाँडै उमाले समाजवादीमा आउन समेत आहृवान गरे ।

नेता नेपालले भने कुनै प्रतिक्रिया दिएनन् ।

Related posts

आम सञ्चार प्रवद्र्धन तथा लाेक कल्याणकारी विज्ञापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

hamronepaldainik

१० लाख घुस लिएको सूचना दिदा पनि कुनै कारवाही हुँदैन, तर दुई पैसा कमाउने सर्वसाधारण थुनामा पुग्छन्

hamronepaldainik

एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ

hamronepaldainik
HamroNepalDainik