HamroNepalDainik.com
समाचारस्थानिय

पर्सा क्षेत्र नं.१ मा काङ्ग्रेसको घरदैलो अभियान, रुख छापमा मतदान गर्न आग्रह

०८ फागुन , वीरगन्ज।

वीरगन्ज महानगरपालिका–७ अन्तर्गत माईस्थानमा अनिल रुङटाको घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रुङटाले प्रचार–प्रसार केन्द्रको उद्घाटनसँगै व्यापक घरदैलो कार्यक्रम सञ्चालन गर्दै वडावासीसँग प्रत्यक्ष संवाद गर्नुभएको थियो। घरदैलोका क्रममा उहाँलाई स्थानीय मतदाताले आत्मीय स्वागत तथा आशीर्वाद प्रदान गरेका थिए।

उम्मेदवार रुङटाले युवाको साथ र समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, उद्यमशीलताको प्रवर्द्धन, पूर्वाधार विकास तथा स्वास्थ्य सेवाको सुदृढीकरणलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समान सहभागिता, समावेशी विकास र अवसरको सुनिश्चितता आफ्नो मूल एजेन्डा रहेको बताउँदै आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गर्नुभयो।

वडा नं. ७ का बुथ सभापति सुरेश कुमार गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। स्थानीय नेताहरूका अनुसार गगन थापा को नेतृत्व भूमिकापछि पार्टीप्रति युवाको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। रुङटाले वडा नं. ७ सहित क्षेत्र नं. १ का आम मतदाताले अत्यधिक मतले विजयी गराउनेमा आफू विश्वस्त रहेको बताउँदै जनताको साथ, समर्थन र सुझावलाई उच्च सम्मानका साथ ग्रहण गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Related posts

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्लाको सह-सचिव पवन प्रसाद साह

hamronepaldainik

तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ

hamronepaldainik

आयल निगम ६ वर्षपछि घाटामा

hamronepaldainik
HamroNepalDainik