HamroNepalDainik.com
समाचारस्थानिय

मतदाता नामावली नाम दर्ता गराउने अवधि ५ दिन थप

३० कार्तिक बिरगंज ।

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गराउने अवधि पाँच दिन थपेको छ। पहिले कात्तिक ३० सम्म रहेकोमा अब मंसिर ५ सम्म कायम हुनेछ।

प्रधानमन्त्री सुशीला कार्कीको आग्रह अनुसार अवधि थपिएको हो। उनले शुक्रबार नै मतदाता नामावलीमा नाम दर्ताको समय थप्नेबारे निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेकी थिइन्।

आज देखी फेरि म्याद थप भए सँगै बिरगंजको राधेमाइ स्थित निर्वाचन आयोगको कार्यालय पर्सामा नाम दर्ता गराउनेहरुको भिड एका बिहानै बढेको छ।

त्यसैगरी राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था बिहीबारदेखि सुरु गरिएको थियो । उक्त सेवा सुरु भएको २४ घण्टामा करिब ३८ हजार नयाँ मतादाताले नाम दर्ता गराएको आयोगले जनाएको छ ।

Related posts

हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानको कार्यक्रम वीरगन्जमा

hamronepaldainik

एसपीपीमा सहभागी नहुने सरकारको निर्णय, अमेरिकालाई पत्र लेखेर जानकारी दिइने

hamronepaldainik

समाजवादी प्रेस संगठन नेपाल पर्साको जिल्ला भेला पुस १२ गते हुने

hamronepaldainik
HamroNepalDainik